लागिगुराँस र फुलबारीको संयुक्त पदस्थापन सम्पन्न

प्रकाशित मिति:

झविन्द्र देवकोटा  – लायन्स क्लव अफ बुटवल लागिगुरास र लायन्स क्लव अफ बुटवल फुलवारीले संयुक्त रुपमा पदहस्तान्तरण तथा एवार्ड बितरण कार्यक्रम गरेका छन् ।

दुबै क्लवका वर्ष २०१८÷१९ का पदाधिकारी तथा सदस्यहरुले वर्ष २०१९÷२० का पदाधिकारी तथा सदस्यहरुलाई आफ्नो पद हस्तान्तरण गरेका हुन् । लायन्स क्लव अफ बुटवल फुलवारीका अध्यक्ष राजेन्द्र श्रेष्ठ र लायन्स क्लव अफ बुटवल लागिगुरासका अध्यक्ष रोशनी बज्राचार्यको संयुक्त अध्यक्षतामा भएको कार्यक्रममा लायन्स इन्टरनेशनल ३२५ बीटूका पाष्ट डिष्ट्रिक गर्भनर महेन्द्र नारायण श्रेष्ठले सामाजिका उत्तरदायित्व बहन गर्ने क्लव तथा सामाजिक संघसंस्थाहरुले समाजमा सकारात्मक परिवर्तन ल्याएको बताउनुभयो । उहाँले समाज परिवर्तनका लागि लायन्स, लायनेश तथा अन्य विभिन्न क्लवहरुले सकारत्मक भुमिका खेलेको भन्दै सामाजिक अभियानका लागेका क्लवको प्रशंसा गर्नुभयो ।

कार्यक्रमका सिनीयर डिष्ट्रिक एड्भाईजर निर्मल लाकौल, अर्जुनमान शैजु, सुरेश रत्न बज्राचार्य, क्यावीनेट सेकेटरी उमंग देवकोटा, लायन्स क्लव अफ बुटवल फुलबारीका पुर्व अध्यक्ष प्रकाश श्रेष्ठ, गोकुल विश्वकर्मा लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रमको संचालन नरेन्द्र श्रेष्ठ र अनु श्रेष्ठले गर्नु भएको थियो । यस अघिनै भएको निर्वाचनमा वर्ष सन् २०१९÷२० फुलवारीको अध्यक्षमा रोमनाथ ढकालको टिम र लालिगुरासको अध्यक्षमा गंगा श्रेष्ठको टिम चुनिइसकेको थियो ।