वार्षिकोत्सवको अवसरमा बुटवलमा रक्तदान

प्रकाशित मिति:

ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको अवसरमा बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । संस्थाले प्रधान कार्यालय, बुटवल, रुपन्देही र क्षेत्रीय कार्यालय धनगढी, कैलालीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त रक्तदान कार्यक्रममा संस्थाका शेयर सदस्यहरू, सञ्चालक समितिका पदाधिकारीहरू, संस्थाका प्रमुख कार्यकारी अधिकृत लगायत ४१ जना कर्मचारी तथा विभिन्न व्यक्तिहरूले रक्तदान गर्नु भएको थियो । मानविय सेवा र धर्मका लागि रक्तदान गरौं भन्ने मूल उद्देश्यबाट अभिप्रेरित भई ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लि.ले आफ्नो चौथो वार्षिकोत्सवको उपलक्ष्मा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । संस्थाको प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा सञ्चालक बम बहादुर मिश्र, सुब प्रसाद रिजालको उपस्थितिमा सञ्चालक जमुना ढकाल र प्रमुख कार्यकारी अधिकृत पर्वत कुमार कार्कीले रक्तदान गरी कार्यक्रमको शुभारम्भ गर्नु भएको थियो । प्रधान कार्यालय, बुटवलमा सञ्चालन भएको रक्तदान कार्यक्रममा रक्त सञ्चार इकाई, भैरहवा, रुपन्देही र क्षेत्रीय कार्यालय धनगढीमा सञ्चालन भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, रक्त संचार सेवा केन्द्र, धनगढी, कैलालीको प्राविधिक सहयोग रहेको थियो । संस्थाले साउन ३० गते बुधवार बिहान तिलोतमा नगर पालिका, शंकरनगर, वनवाटिका परिसर, रुपन्देहीमा वृक्षा रोपण कार्यक्रम र सोही दिन दिउँसो वार्षिकोत्सव मूलसमारोह आयोजना गर्ने भएको छ ।