सैनामैना ६,मा डिपट्युवेलको शिलन्यास, ६० विगाह जमिनमा सिंचाई हुने

प्रकाशित मिति:

सुरेश परियार-सैनामैना/ रुपन्देहीको सैनामैना वडा न.६मा सिंचाईका लागि डिपट्युवेलको एक कार्यक्रमका विच शिलन्यास गरिएको छ । ८० लाखको लागतमा बन्ने डिप ट्युवेलको सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले शिलन्यास गरेका हुन् ।कृषि क्षेत्रमा नया आयम ल्याउन र किसानहरुको मुख्य सिचाई समस्यालाई समाधान गर्न उक्त डिपट्युवेलको काम आज देखि सुरु गरिएको हो ।

कृषि क्षेत्रको उत्पादकत्वमा बृद्धि ल्याउन यो कार्यले तिव्रता पाएको सैनामैना नगरप्रमुख चित्र बहादुर कार्कीले बताएका छन् । उनले प्राकृतिक स्रोत साधनको संरक्षण गर्न व्यक्ति समुदाय सजग हुनुपर्ने र सतही पानीको संरक्षणका लागि विभिन्न कार्ययोजना निमाण गर्न लागेको बताए ।उपयुक्त निति नबन्दा सम्म अब जथाभावी जमीनमा वोरिङ्ग धसाउने काम बन्द गर्ने सवैलाई मेयर कार्कीले आग्रह गरे ।यो कार्यले पुर्णता पाए यस वडाको करिब ६० विगाह जमिनमा सिंचाई सहज रुपमा हुने वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेले बताए ।उनले उत्पादनमा बृद्धि हुनका साथै कृषकहरु यसबाट बढि लाभान्वित हुने दावि गरे । हाल संघिय सरकारको २५ लाख र ४ लाख स्थानियहरुको सहभागीतामा काम सुरु भएको छ । निर्माण कार्य ३ वर्ष सम्म चल्ने छ ।