सुरक्षाको माग गर्दै प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापन पत्र

प्रकाशित मिति:

संयुक्त पुर्व सैनिक कल्याणकारी महासंघ नेपाल बुटवलले आज सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयका प्रमुखलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल र भारत बीचको सम्बन्ध हजारौ बर्ष पहिले देखि भएपनि बुटवल फुलबारी स्थित भारतिय पेन्सन क्याम्पमा पटक पटक आर्कमण भएको भन्दै उनीहरुले रुपन्देहीका प्रमुख जिल्ला अधिकारी तोय बहादुर रानालाई ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्र बुझाउँदै संयुक्त पुर्व सैनिक कल्याणकारी महासंघ नेपाल बुटवलका सह अध्यक्ष क्याप्टेन किसन बहादुर थापाले भारतिय पेन्सन क्याम्प नचाहनेहरुले क्याम्प माथी पटक पटक आर्कमण गरेको बताए ।
उनले बैशाख २९ गते शक्तिशाली प्रेसर कुकर बम राखेपनि नपट्केको र साउन २८ गते पेन्सन क्याम्प परिसरमा प्रेस कुकर बम प्रहार भएको भन्दै सुरक्षाको माग गरे । भारतिय पेन्सन क्याम्प हुँदा त्यसको फाईदा नेपालीलाई नै भएको भन्दै पेन्सन क्याम्प माथी प्रहार हुन आफ्नै भाई माथी प्रहार भएको आभास आफुहरुले गरेको उनको भनाई छ । ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी उदय बहादुर रानाले पेन्सन क्याम्पमा भएको घटना प्रति आफु दुखीत भएको र घटनाको बारेमा अनुसन्धान भइरहेको बताए ।
उनले जिल्लाको शान्ती सुरक्षाका लागि प्रशासन गम्भिर भएर लागेको भन्दै बम कसले र किन पटकायो भन्ने बारेमा अनुसन्धान भइरहेको उनले बताए । महासंघले उक्त ज्ञापन पत्रको बोदार्थ मुख्यमन्त्रीको कार्यालय, ईलाका प्रशासन कार्यालय, बुटवल उपमहानगरपालिकामा दिएको छ । महासंघका प्रदेश संयोजक कोष बहादुर गुरुङ, महासचिव तुल बहादुर केसी सहितको टोलीले प्रमुख जिल्ला अधिकारी रानालाई बुटवलको ईलाका प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको थियो ।