सैनामैना नगरपालिकामा शहरी योजना सम्बन्धि अभिमुखिकरण कार्यक्रम 

प्रकाशित मिति:

नरेश चौधरी ०१ भदौं मुर्गिया सैनामैना नरपालिकको आयोजना तथा शहरी विकास तथा भवन निर्माण विभाग काठमाण्डौंको सहयोगमा सैनामैना नगरपालिकाको एकिकृत शहरी विकास योजना तयारी सम्बन्धि अभिमुखिकरण तथा दुरदृष्टि कार्यशाला गोष्टी आज एक कार्यक्रमका विच सैनामैनामा सम्पन्न भएको छ ।

कार्यक्रममा नगर भित्र विकासका योजना निर्माण गर्दा भविष्यमा हुन सक्ने अवसर चुनौतिलाई कसरी व्यावास्थापन गर्ने, भौतिक पक्ष, आर्थिक पक्ष, सामाजिक पक्ष र वातावरणिय पक्षका सवल र दुर्बल पक्षका अवसर र चुनौतिका विषयमा वहस तथा अन्र्तरकृया भएको हो ।

नगर भित्र योजना बनाउदा आजको शन्ततिलाई मात्र नाभई दुर दृष्टिका साथ योजना बनाउनु पर्ने र समग्र सैनामैनाको उन्नति लागि बनउनु पर्ने र गुरु योजना अनुसार वडा नंं १ देखि ११ सम्म कृषि, ब्यापार, उधोग, उत्पादान, शिक्षा, स्वास्थ्य, खानेपानी विद्युत सडक पर्याटकिय स्थल लगायत निर्माणका संरचानाको विकास गर्दा मापदण्ड पहुचको आधारमा बनाउनु पर्ने कुरा कार्यक्रममा चर्चा गरिएको थियो ।

कार्यक्रममा वडा नं. १ देखि ११ सम्म सडक यातायातको पहुंचको अवास्था, प्राकृतिक प्रकोपबाट सब भन्दा बढी प्रभावित वडा, खानेपानीको पहुंच तथा सुविधाको अवाश्था, शिक्षाको पुर्वाधार वा न्युन अवाश्था श्वास्थ्य सेवाको पुर्वधार बाताबारणीय संवेदनशीलता वा जोखिम सरकारी सेवा सुविधा वा पहुच भए नभएको वडा, गैर सरकारी संस्थाहरुको उपास्थी भए नभएको वडा, दलित जनजाति वा अल्पसंख्यक धेरै भएका वडा, विपन्न सुमुदाय धेरै भएको वा जिविकोपर्जनका लागि अवासर भएको वडाको पहिचान लगाएताको वरेमा चर्चा गरिएको थियो ।

कार्यक्रममा नगर प्रमुख चित्र बहादुर कार्कीले सैनामैना नगरपालिकाको एकिकृत शहरी विकासको गुरुयोजना तर्जुमा आजै देखि सुरु भएको घोषणा गर्दै यस प्रकृयालाई चरण बद्ध तरिकाले अगाडि बढाउने बताउदै नगरको विकासको योजना निर्माणमा विभिन्न विषय गत समिति निर्माण गरि प्रकृया अनुसार काम गरिने बताउनु भयो ।

कार्यक्रममा नयां राष्ट्रिय इन्जिनियरि कन्सेल्टेन्सिका परामर्शदाता शहरी योजना विद विन्द्र श्रेष्ठा र सोसोलोजिस्ट सुवास ज्ञवालीले नगरपालिका भित्र योजना बनाउदा भौतिक, आर्थिक तथा बहुउद्देश्य, बहु क्षेत्रिय लागानी, सामाजिक विकास, संरक्षण संस्कृतिक, पर्यटकीय स्थाल भवन निर्माण मापदण्ड उपभोग निति लगाएतका कुरालाई ध्ययान दिदै दुरदृष्टि तथा भोलिका शन्ततिलाई पनि काम लाग्ने खालको बनाउनु पर्ने बताउदै कार्यक्रमको सहजिकरण गर्नु भएको थियो ।