अर्जुन ज्ञवाली-
निलो आकास
आज किन मनिल छ
कन्चन आकाश
किन धमिल छ
डरलाग्दो आधिहुरीले
धपक्कै ढाकेको छ
बडेमानका बादलका थुप्रोहरु
गजधम्म साम्राज्य गर्दैछ्न
खै किन हो धर्ती निहाल्दैछ्न
कालोकालो अनुहार बनाएर
किन आज निस्सासिदै छ्न
निराकार आकाशमा के पिडा भएछ आज
मुसालधारे आँसु अभिछिन्न बर्षिरहेछ

किन होला फुच्चे बादल नि फुल्लिएको छ आज
घाटिघाटी पेटपनि चुल्लिएको छ आज
पिडाको पोको हो कि
अरु केहि कोशेली
खै किन भाको छ
आकाश आज बेहोसी
सुन्छु
बादल समुन्द्रको गर्भ बोकि आको रे
कयौं माइल टाढाको
उडान भरी आको रे
लामो लामो यात्रामा
हण्डरठक्कर धेरै नै खाको रे
सायद
निकै पीडा भएछ क्यार
सुक्सुकाउदै तड्पिएको छ आज
बरबर्ती बलिन्द्र आँसु
पोखिएको छ हामी माझ
आकाश
तिमिले आशुको भेल बगाउदा
किन चिच्याएका छौ
ठूलो गर्जनको चीत्कार
निकालेका छौ
के पिडा भयो र आज
आकासमा आगो दन्केको छ
त्यही आगोको लप्काले
धर्ती थर्केको छ
ठुला ठुला चट्याङका
एम्बुस पड्काउदै छौ
तिम्रो आँसु धाराले
किन धर्ती भत्काउदै छौ
आशुको भेलले
सारा सन्सार किन डुबाउदैछौ
जिउज्यान सबैको
अकालमा बिसर्जन गराउदैछौ
गास बाँस कपास
सबै डुबि गयो
उर्भर भुमि सबै
आज उजाड भयो
बच्चा, युवा, वृद्ध, रोगी
सबै खोजीखोजी
तिम्रो आशुको भेलले ल्याएको
बाढी र पोहिरोले
भए सबै यहाँ जोगि
पहाडका सपनाहरू
पहिरोले लग्यो यहाँ
तराईका सपनाहरू
बाढीले बगायो कहाँ
त्यसैले
आकाश
अब तिमी शान्त रहु
निराकार स्वच्छ रहु
ती बचेखुचेका
सुन्दर सपनाहरू
फुलाउनु छ
फलाउनु छ












