स्याङ्जा – स्याङ्जा जील्ला कालीगण्डकी गांउपालीका वडा नं ३ सटुका रानीघाटमा निर्माणाधीन पुल भन्दा केही माथिबाट झरीरहेको पहीरोग्रस्त क्षेत्रको कालीगण्डकी गाउपालीका अध्यक्ष खीम थापा उपाध्यक्ष सावित्री कोईराला ,नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधी सदस्य नारायण भटराई ले निरक्षण गर्नु भएको छ ।
निरक्षणका क्रममा गाउपालीका प्रमुख थपाले समस्या समाधानका लागी पहल गर्ने आस्वासन दिनुभएको स्थानीयको भनाई छ । कालीगण्डकी गाउँपालिका ३, सटुकादेखि पाल्पा जाने मोटरबाटो अन्तर्गत निर्माणाधीन नयाँ मोटरपुलको स्याङ्जातर्फ झण्डै २०० मिटर माथिको भागमा ५० देखि १०० मिटरको दूरीमा धेरै ठाउँमा ठूलाठूला भ्वाङ परेका छन् । बाटोमा भ्वाङ परेपछी त्यो बाटो प्रयोग गर्न समेत त्रास बढेको स्थानीय कृष्ण पाण्डेयले जानकारी दिनुभयो । सडकमा परेको भ्वाङ्हरू पटक पटक पुर्दा पनि भ्वाङ नपुरिएपछि सर्वसाधारण जोखिम मोलेर हिँड्न बाध्य छन् । सटुका र बटिचौरका स्थानीय बासिन्दाहरुले केही दिन अगाडि वैकल्पिक बाटोको रुपमा गोरेटो बाटो बनाएका थिए तर त्यो बाटोमा पनि पहिरो झरिरहेको छ ।














