देवदह नगरपालिकाको वृहत्तर विकासका लागि विभिद विषयमा छलफल सुरु

प्रकाशित मिति:

रुपन्देहीको देवदह नगरपालिकाको वृहत्तर विकासका लागि ब्यवसायिक शहर बनाउने विषयमा छलफल सुरु भएको छ । नगरलाई ब्यवसायिक शहर बनाउन वृहत्तर योजनाका लागि दुई वटा ठुला परियोजना तयारिका लागि छलफल थालिएका हो । देवदह नगरपालिकाको आयोजना र शहरि विकास तथा भवन निर्माण विभागको सहयोगमा एकिकृत शहरी विकास योजना तयारी सम्वन्धि देवदहमा भएको अभिमुखिकरण कार्यक्रममा नगरलाई ब्यवसायिक शहर बनाउने विषयमा छलफल भएको हो । नगरका तल्कालीन, अल्पकालीन र दीर्गकालीन योजनाहरुको खोजि गर्ने र त्यसलाई मुलरुप बनाएर परियोजना निर्माण गर्ने विषयमा छलफल थालिएको नगर प्रमुख हिराबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले देवदहमा कृषि, पर्यटन तथा पुर्वाधारको प्रचुर सम्भावना रहेकाले अव त्यसका सवल र दुर्भल पक्षलाई केलाएर दुई वटा परियोजना निर्माण गरिने योजनामा नगरपालिका रहेको बताउनुभयो । उहाँले विभिन्न चरणमा नगरका १२ वटै वडाका वडाध्यक्ष र सम्वन्धि पक्षसँगको समन्वय र रायसुझावका आधारमा परियोजनाको खाका बन्ने जानकारी दिनुभयो ।
प्रत्यक वडामा रहेका समस्या, उपलब्धी, आवश्यकताको वडाध्यक्षहरुबाट योजनाहरु छनोट गर्ने र त्यसलाई नगरपालिकामा सामुहिक छलफल गरि परियोजनाको आकार दिने बताइएको छ । परियोजना ३० देखि ४० करोडका बन्ने तथा त्यसको समन्वय शहरि विकास तथा भवन निमार्ण विभागले गर्ने पनि बताइन्छ । देवदहमा सडक, कृषि, पर्यटनसम्वन्धि परियोजनाको आवश्यकता रहेको नगरप्रमुख खत्रीले बताउनुभयो । अहिले प्रारम्भिक चरणमा निर्देशक समिति, भू उपयोग योजना तथा मापदण्ड समिति, विपत ब्यवस्थापन समिति, खानेपानी तथा सरसफाई समिति, जिविकोपार्जन समिति, वातापरण तथा जलवायु परिवर्तन समिति लगायतका समिति निर्माण गर्ने पक्षमा रहेको समेत नगरपालिकाका कार्यकारी अधिकृत श्रीकृष्ण नेपालले जानकारी दिनुभयो । कार्यक्रममा शहरि विकास तथा भवन निर्माण विभागका शहरी विकास विद् वृन्दा श्रेष्ठ, योजनाविद् सुभाष ज्ञवाली लगायतले देवदहको वृहतर विकासका लागि एकिकृत शहरी विकास योजनाका बारेमा सहजिकरण गर्नु भएको थियो । विभिन्न चरणमा भएका बैठक तथा छलफलबाट निश्किएका सुझाव र योजनाहरुलाई वृहतर परियोजनाका रुपमा कार्यपालिका तथा नगरको बैठकले अनुमोदन गर्ने बताइएको छ । देवदह लगायत मुलुकभरका १ सय ८५ वटा स्थानीय तहमा एकिकृत शहरी विकास योजना तयारीबारे छलफल अहिले चलि रहेको छ ।