रुपन्देहीको सुद्धोधन गांउपालिकाको वडा नं ३ र ४ को संयुक्त सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । रेडियो लुम्बिनीको आयोजना तथा शुद्दोदन गाउपालिकाको समन्वयमा भएको कार्यक्रममा सेवाग्राहीहरुले आफ्ना गुनासो गांउपालिका अध्यक्ष, गाउपालिका उपाध्यक्ष, प्रशाशकिय अधिकृत तथा वडा अध्यक्षद्वय सामु राखेका थिए । शुद्दोदन ४ का वडा अध्यक्ष राजेन्द्र कंडेलको अध्यक्षता तथा सुद्धोधन गांउपालिका अध्यक्ष किसुन चन्द्र चौधरीको प्रमुख आतिथ्यमामा भएको सार्बजनिक सुनुवाइमा सेवाग्राहीले शिक्षा, स्वास्थ्य, बिकास योजना, कृषि, महिला अधिकार तथा समग्र गाउपालिकको गतिबिधिहरुका बिषयमा जिज्ञासा राखेका थिए । शुद्दोदन गाउपालिका वडा नं ३ र ४ एकै ठाउँ बाट सेवा दिदै आएको वार्ड हो ।
सो वार्डहरुको पूर्वाधार बिकाशमा आफुहरु कहिल्यै पछाडि नहट्ने र गाउपालिकाको समग्र समृद्दीका लागि सबै वडाबाट प्रयाप्त बजेट सहितको दिर्घकालिन योजना बनाइएकोले जनताको आवश्यकता छिट्टै पुरा हुने अर्का वार्ड अध्यक्ष हेम बहादुर खड्काले बताउनुभयो । एउटै ठाउबाट संचालन भएको वडा नम्बर ३ र ४ लाई गाउपालिकाको नमुना वडा बनाउनका लागि सबैको सल्लाह सुझाब र सहयोग आवश्यक रहेको खड्काले औल्याउनुभयो । कार्यक्रममा सेवाग्राहीको जिज्ञासामा गाउपालिका उपाध्यक्ष शान्ता ज्ञवाली, प्रमुख प्रशाशकिय अधिकृत रोमनाथ न्यौपाने लगायतले समग्र गाउपालिकाको बिकास र वडाको विकासका लागि सबै एक हुनुपर्नेमा जोड दिनुभयो । आफ्नो स्वागत मन्तब्य सहित कार्यक्रम बारे प्रकाश पार्दै रेडियो लुम्बिनीका अध्यक्ष इन्जिनियर दुजेंद्र बस्नेतले रेडियोले खेलेको जनता र जनप्रतिनिधि बिचको समन्वयको भूमिकालाई सहज रुपमा स्वीकार गरि बिकाश निर्माण तथा चेतनाको स्तर बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा गाउपालिकाका विभिन्न शाखाका प्रमुख, नेकपा शुद्दोदनका अध्यक्ष नारा बहादुर कार्की , नेपाली कांग्रेसका शेर बहादुर काफ्ले लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधि , संघ सस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । सार्बजनिक सुनुवाईको संचालन रेडियो लुम्बिनीका कार्यक्रम प्रमुख प्रकाश गौतमले गर्नुभएको थियो ।












