तिनाउ नदि तथा बुटवल नगर विशेष सरसफाई अभियान को आज नवौ साता पुरा

प्रकाशित मिति:

बुटवल नगरपालिकाले सञ्चालन गरेको तिनाउ नदि तथा बुटवल नगर विशेष सरसफाई अभियान नवौ सातामा प्रवेश गरेको छ । शनिवार बुटवलको बसपार्क र आसपासका ठाँउहरुमा नगरपालीकाको अगुवामा विभिन्न संद्य सस्थाहरु सरसफाई गरेका छन् । नगरलाई स्वच्छ, हरावरा र ग्रिन सिटिको रुपमा विकास गर्नुको लागी फोहोर मैला व्यवस्थान तर्फ नगरपालिका अग्रसर रहेको बुटवल नगर उप प्रमुख गुमा देवि आचार्यले बताउनुभयो ।

लायन्स क्लव , पहिलो पाईला नेपाल , स्वतन्त्र मजदुर यातायात संगठन लगाएतका संद्य संस्थाहरुले सरसफाई अभियानमा निरन्तर सहयोग गरेका छन् । विभिन्न संद्य संस्थाका प्रतिनिधिहरुले आफ्नो नगरलाई सफा बनाउन र स्वस्छ बनाउन यस्ता कार्यक्रम नियमित रुपमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।