साउन,गैडहवा । रुपन्देहीको गैडहवा गाउपालिकाकामा फेरी भ्रष्टचार र अनियमित भएको खुलासा भएकोछ।गाउपालिकाका वडा अध्यक्षहरुले नै पत्रकार सम्मेलन गरि गाउपालिकामा संस्थागत भ्रष्टचार भएको खुलासा गरेका हुन। हिजो बुटवलमा पत्रकार सम्मेलन गरि अध्यक्ष बच्चु केवटले मनोमानि गरेको वडा अध्यक्षहरुले आरोप लगाएका छन् । बिहिबार पत्रकार सम्मेलन गरि सो गाउ पालिकाका ७ जना वडा अध्यक्ष र राजनीतिक दलहरुले गाउपालिका अध्यक्षले वडा अध्यक्ष तथा सदस्यहरुको राय सल्लाहबीना एकलौटी रुपमा काम गरेको आरोप लगाएका हुन् ।
गाउपालिका अध्यक्ष केवटले आर्थिक बर्ष २०७४÷०७५ मा सञ्चालित आयोजनाहरुको बिल भरपाई पेश गर्न नसकेको भन्दै त्यसमा भ्रष्टाचार भएको हुन सक्ने दाबी गरे ।स्थानीय तहको अनुगमन गर्ने नियमनकारी निकाय नहुँदा स्थानीय तहहरुमा भ्रष्टाचार हुने गरेको भन्दै उनिहरुले स्थानीय तहको अनुगमन गर्ने निकाय गठन गर्नुपर्ने आवस्यकता औल्याए ।उनिहरुले भने आफ्ना नेता कार्यकर्ताहरुले ठेक्कापत्ता लिएको योजनाहरुमा कुनै अनुगमन नगरी हचुवाको भरमा रकम भुक्तानी स्वीकृत गर्ने र अनुगमननै नगएको योजनाहरुको अनुगमन गएको भनि भत्ता खाने गरेको समेत वडा अधयक्षहरुले आरोप लगाएका छन। कार्यक्रममा गैडहवा गाउपालिका वडा नं १ का अध्यक्ष प्रदिपकुमार चौधरी,वडा नं २ का वडा अध्यक्ष तुल बहादुर पुन,वडा नं ३ का वडा अध्यक्ष रामअजोर यादव,वडा नं ४ का वडा अध्यक्ष सुरेन्द्र सिंह कुर्मी,वडा नं ५ का वडा अध्यक्ष नरेन्द्र प्रताप सिंह, वडा नं ८ का वडा अध्यक्ष भुवन बहादुर राना, नेपाली कांग्रेसबाट गाउपालिकाका अध्यक्षका उम्मेदवार वसिउल्लाह मुसलमान,नेकपाका गाउपालिका अध्यक्ष दुर्गा प्रसाद आचार्य,नेकपाकै गाउपालिका सचिव चन्द्र बहादुर घर्तीले आ आफ्नो भनाई राखेका थिए । गाउँ सभा गर्ने समय आउदा पनि कार्यपालिकाको बैठक नबसाल्ने तर गाउँ गाउमा गएर वडा सदस्यहरुलाई आर्थिक प्रलोभन देखाइ गाउसभाका लागि बहुमत जुटाउने गैर जिम्मेवारी र कानुन बिपरित काम गरेको समेत अध्यक्ष माथि आरोप लगाएका छन।
२ करोड नदिएको आक्रोस अध्यक्ष घटनाबारे गाउपालिका अध्यक्ष बच्चुलाल केवट संग जिज्ञासा राख्दा वडा अध्यक्षहरुले वडालाई दुई करोडको बजेट सिलिङ माग गरेको र गाउपालिकाले सो दिन सक्ने अबस्था नभएपछि आफुमाथि बिभिन्न किसिमका आरोप लगाएको दाबी गरे ।किन वडा अध्यक्षहरुको मागलाई किन शंबोधन गर्न नसकिएको हो त भनेर प्रश्न गर्दा हरेक वडामा ४० लाख बराबरको कालो पत्रे योजना समाबेस गरिएको,यसै बर्ष देखि गाउपालिका भित्र रहेका फुसको छानो हटाई जस्ताको छाना लाउने कार्यक्रम,गैडहवा महोत्सवको लागि ४० लाख र यशोधरा पार्क निर्माणका डिपिआर सहित ५० लाख बजेट ब्यबस्था गरिएकोले वडा अध्यक्षहरुको माग सम्बोधन गर्न नसकिएको बताउनु भएको छ।
यसैगरी आर्थिक अनियमितताको बारेमा जिज्ञासा राख्दा मनगढन्ते र अफाह हल्ला गरिएको भन्दै टोल बिकासको भेला गराई योजना छनौट गर्नको लागि वडामा १ करोड १० लाख रुपैया छुट्टाइएको तर वहाहरुले मागेको २ करोड नछुट्टाइएको रिसमा आर्थिक अनियमितताको कुरा उठाएको र त्यो कुनै सत्यता नभएको बताउनु भएकोछ।वहाले भन्नु भयो प्रशासकिय प्रमुख र लेखा अधिकृतको सरुवा हुने कारणले हिसाबको फेहरिष्ट हुन नसकेको स्विकार्दै कर्मचारीको नियमितता भएको अवस्थामा दुरुष्ट हिसाब प्रष्ट्याउन सकिने यसमा कुनै अनियमितता नभएको बताउनु भएकोछ।राजनैतिक पुर्बाग्रह राखी गाउपालिकाको समस्या बुटवलमा नभै गाउपालिकामै छलफल गरिएको भए राम्रो हुने समेत बताएका छन।थोरै बजेटमा धेरै काम गर्नु पर्ने तर गाउपालिकाको आर्थिकअवस्था थाहा भएर पनि वडा अध्यक्ष ज्यूहरुले गाउपालिकाको हैसियत भन्दाबढी रकम माग्नु गैरजिम्मेवारी भएको बताउदै शिक्षा र स्वास्थ्यमा बजेट ब्यबस्था गर्नु पर्ने तैपनि वडा अध्यक्षहरुको मागलाई सम्बोधन गर्नकै लागि वडाका बिभिन्न योजनाहरुमा क्रमागत योजना अन्तर्गत १० १० लाख बजेट समेत बिनियोजन गरिएको बताउनु भएको छ।












