ललित पाण्डेय -रुपन्देही/ रुपन्देहीको गैडहवा गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले वडा अध्यक्षहरुले लगाएको भ्रष्टाचारको आरोप पुष्टि गर्न चुनौती दिएका छन् । जिल्लाको गैड्हवा गाउँपालिकामा स्थानिय प्रतिनिधिहरु बिच विवाद हुदा त्यहाको गाउँ सभा नै प्रभावित भएको छ । वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष बिच बजेट बाँडफाँडको कुरा नमिल्दा गाउँपालिकाको गाउँ सभा नै अनिश्चित बनेको छ । जनप्रतिनिधिहरु दुई खेमामा बिभाजित भई पत्रकार सम्मेलन नै गरि एक अर्का प्रति आरोप प्रत्यारोप लगाई रहेका छन् ।
गाउँपालिका अध्यक्ष बच्छुलाल केवटले गाउँपालिका एकलौटी ढंगले चलाएको तथा भ्रष्टाचार गरेको आरोप सहित वडा अध्यक्षहरुले गरेको पत्रकार सम्मेलनको खण्डन गर्न गाउँपालिका अध्यक्षले गैडहवा गाउँपालिकाको सूर्यपुरामा पत्रकार सम्मेलनको आयोजना गरि वडा अध्यक्षहरुले माग गरे अनुसार बजेट नपाउदा अर्नगल आरोप लगाउदै हिडेको बताए । गाउँपालिकाले नियमित समयमै निति, कार्यक्रम तथा बजेट सार्वजनिक गरे पनि वडामा जाने बजेट बाँडफाँड बारे कुरा नमिलेको हुदा बजेट पारीत हुन नसकेको केवटले बताए
गाउँपालिकाका ७ वटा वडा अध्यक्षहरु र राजनीतिक दलहका केही ब्यक्तिहरुले पत्रकार सम्मेलन गरेर लगाएको आरोप निराधार रहेको बताएका हुन ।गाउँपालिकाका केही वडा अध्यक्षले २ करोडको वजेट सिलिङ माग गरेको र सो नपाए पछि गाउसभा बहिस्कार गरेर गाउँपालिकाअध्यक्ष बिरुद्ध लागेको दाबी गरे । अध्यक्ष बच्चु केवटले वडा अध्यक्षहरुले माग गरेको वजेट सिलिङ दिन सकिने अवस्था नरहेकोले नदिइएको बताउदै आफुहरुले माग गरेको वजेट सिलिङ नपाएपछि केही वडा अध्यक्षहरु आफु बिरुद्ध लागेको दाबी गरे ।
नीति तथा कार्यक्रम अनुसार नै गाउँपालिकाले बजेट ल्याएको केबटले दाबी गर्दै गाउसभाको अघिल्लो दिनसम्म एक करोड २० लाखको वजेट सिलिङमा सहमति जनाएका वडा अध्यक्षहरु गाउसभामा अनुपस्थित भएपछि कोरम नपुगेर स्थगित गर्नुपरेको जानकारी दिए ।
गाउँपालिकामा पटक÷पटकको कर्मचारी सरुवाका कारण गत बर्षको हिसाव किताव सार्वजनिक गर्न नसकिएको बताउदै उनले अबको १० दिन सम्ममा सबै हिसाव किताव सार्वजनिक गर्ने प्रतिवद्धता जनाए । अध्यक्ष केबटले भने आर्थिक वर्ष २०७५–७६ मा चार जना प्रमुख प्रशासकिय अधिकृत फेर बदल भए । कर्मचारी संमायोजनले गर्दा लेखा अधिकृत समेत फेरबदल भए उनले भने असार मसान्तको अन्तिममा बल्ल नँया लेखा अधिकृत आएको र चेक काट्ने काम भएको बताए । १० दिन भित्रमा गाउँपालिकाको हिसाब किताब सार्वजनिक हुन्छ उनले भने कर्मचारीको सरुवाले गर्दा गाउँपालिकाको काम प्रभावित भएको हो ।
वडा अध्यक्षहरुले आफुमाथि लगाएको आरोप निराधार रहेको भन्दै अध्यक्ष केवटले दाबी गर्दै आफुले भ्रष्टाचार गरेको प्रमाणित गरेर देखाउन वडा अध्यक्षहरुलाई चनौति दिए । उनले भने म जुनसकुै कार्यबाही पनि भोग्न तयार छु , भ्रष्ट्रचार गरेको प्रमाण देखाउँनुहोस । गाउपालिकाले एउटा वडामा ४० लाख लागतको सडक पिच गर्ने योजना अगाडी सारेको बताउदै अध्यक्ष केवटले त्यस योजनाबाट १० लाख कटौति गरी वडालाई १ करोड २० लाखको वजेट सिलिङ दिने सहमति भएर पनि वडा अध्यक्षहरु गाउसभामा नआएको गुनासो गरे । वडा अध्यक्षहरुका अलावा आफुले स्थानीय राजनीतिक दलका नेताहरुसँग पनि पटक÷पटक मिलेर जाने प्रयास गरेको भन्दै अध्यक्ष केवटले वजेटको अवस्था यस्तो छ कहाँ कहाँ कसरी विनियोजन गर्ने हो तपाईहरुनै गर्नुस् भन्ने सम्मको आग्रह गर्दै आएको दाबी गरे । सहमती संबादबाट नै गाउँपालिकाको विकास हुने उनले बताए । यस अघि बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी विभिन्न राजनितिक दलका प्रतिनिधीहरुले गाउंपालिका अध्यक्षले मनोमानी र एकलौटी ढंगले काम गरेको आरोप लगाएका थिए ।
९ वटा वडा रहेको गाउंपालिकाका ७ वटा वडा अध्यक्ष कार्यपालिका सदस्य तथा न्यायीक समितिका सदस्यहरुले गाउंपालिका अध्यक्ष बच्छुलाल केवटले वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहमति बिपरीत गाउंपालिकाको निर्णय नै नगरी गाउंपरिषद् गरेको आरोप लगाएका थिए । वडा अध्यक्षहरु रामअजोर यादव, नरेन्द्र प्रताप सिंह, सुरेन्द्र सिंह कुर्मी, प्रदीप कुमार चौधरी, तुलबहादुर पुन, भुवन राना मगर लगायतले गाउंपालिका अध्यक्ष केवटले आफुहरुको सहमती विना गाउंपरिषद् गरी एकलौटी रुपमा बजेट विनियोजन गरेको आरोप लगाएका छन् ।












