सार्वजनिक शौचालय रेखदेख : सेवा पनि रोजगार पनि

प्रकाशित मिति:

 प्रेम पुन्थोकी /

दैनिक कति कमाई हुन्छ त ? रातीमा बिस , पच्चिस गाडिका यात्रुले शौचालय प्रयोग गर्ने अनुमान गर्दै उनले भने ‘कमाई हुँदा रातमा त्यस्तै पन्ध्र सय, दुई हजार र दिनमा हजार पन्ध्र सय’ ।

‘पिसाब हो ?’ पाँच रुपैयाँको नोट फिर्ता गर्दै उनी शौचालयबाट बाहिरिएका तर्फ हेर्दै कराए ‘ओ भाई पैसा दिनु पर्दैन ?, व्यस्त पृथ्वी राजमार्गको मुग्लिन बजारमा रहेको सार्वजनिक शौचालयमा शौचालय प्रयोग गर्नेहरुबाट शौचालय सेवा लिए बापत पैसा उठाईरहेका व्याक्ति मध्यरातमा पनि उत्तिकै चनाखो भएर खटिरहेका थिए । ‘सधै यत्तिकै व्यस्त हो प्रेम दाई ?’ हातमा प्रेम नाम खोपेका उनलाई नामैले पुकार्दा अनौठो लागे होला , शौचालय बाहिरको बिस्तारा मिलाउँदै ५० बर्षिय प्रेम परियारले भने‘कहाँ सधै व्यस्त हुनु भ्रखर त गाडि आउन शुरु गरे, रातको बाह्र नबज्दै त फुस्रदै हो भ्रखर सम्म त सुतेकै थिएँ ।’ दैनिक कति कमाई हुन्छ त ? रातीमा बिस , पच्चिस गाडिका यात्रुले शौचालय प्रयोग गर्ने अनुमान गर्दै उनले भने ‘कमाई हुँदा रातमा त्यस्तै पन्ध्र सय, दुई हजार र दिनमा हजार पन्ध्र सय’ । शौचालयलाई स्थानीय सिद्ध इच्छाकामना आमा समूहले निर्माण गरि व्यवस्थापन गर्दै आएको छ ।

शौचालय कहिले बनेको हो त ? अनुमान गर्दै परियारले भने ‘त्यस्तै सोह्र , सत्र बर्ष भए होला’ । ‘शुरु देखी नै तपाई आफै हेर्दै आउनु भएको छ ?’ समूहका अर्का सदस्य र आफुले जिम्मेवारी पाएको बताउने परियारले भने ‘हैन रोटेसनमा चल्छ, अहिलेको बर्ष हामी दुई जनाले चलायौं , अब अरु बर्षहरुमा समूहका अरु सदस्यहरुले पालो पाउँछ’ । शौचालय संचालनमा आउन लागे पछि पहिलो पटक रेखदेखको जिम्मेवारी पाएका परियार पेशाले शिक्षक हुन् ,मुग्लिन बजार मै घर भएका उनको बजारमै पसल पनि छ ,जुन छोरा बुहारीले हेर्दै आएका छन् । साथी र आफुले हप्ता हप्ताको पाले बाँडेका उनीहरुको दिउँसो उनकी श्रीमतीले हेर्छिन भने रातीको उनी आफु खट्छन् । शौचालयमा कमाई त राम्रै हुन्छ होला त ? ‘पहिला पहिला राम्रै कमाई हुन्थ्यो रे एकाको भागमा चार पाँच लाखै बच्थ्यो रे अहिले त कहाँबाट हुनु ’ बर्षमा भदौ १५ पछि चाडपर्वको बिचमा मात्र बढि कमाई हुने बताउँदै उनले उनले थपे ‘त्यस माथि बर्षको सत्तरी हजार आमा समूहलाई बुझाउनु पर्छ , मासिक हजार, हजार पानी बिजुलीको बिल उठ्छ ’ । पहिला मुग्लिन नारायणगढको बाटो जाम हुँदा ट्राफिकले बजार क्षेत्रमा गाडि रोक्न नदिने अहिले बाटो बने पछि बजारमा गाडि नै नरोकिने भए पछि कमाई नभएको उनको गुनासो छ । प्रयाप्त पानीको प्रयोग गरि सफा चिटिक्क पारिएको शौचालयमा यात्रुहरुले पिसाव फेरे बापत पाँच र दिसाको १० रुपैया दिन्छन् , कोही नतिरेरै त जान्नन् नी ? ‘कोही कोही पैसा माग्दा पिसाब फेरेको पनि पैसा लिने भनेर घुरेर जान्छन्, प्रायले दिन्छन् ’ परियारले थपे ‘बसका स्टाफहरुलाई पैसा तिर्नुपर्दैन, ट्रकका स्टाफहरुले तिर्छन’ । ‘यति धेरै कुरा गरेको मिडियामा रिपोर्टिङ्गका लागि हो, फोटो खिँचौ है दाई ?’ उनले भने ‘भै हाल्छ नी फोटो खिँच्दैमा के बिग्रन्छ र ’ । आफुलाई रोजगारी दिएको समूहको बखान गर्दै आमा समूहले प्रतिक्षालय निर्माण, मन्दिर निर्माण लगायतका धेरै सामाजिक कार्य गरेको भन्न भ्याए । ‘आमा समूहले भवनको लागि आफ्नै जग्गा पनि किनेको छ’ बसेको ठाउँबाट सडकमा झरेर सडक माथि बन्दा बन्दै रोकिएको घर देखाउँदै भने ‘उ माथि हेर्नुस् त, आमा समूहको भवन, बिचरा ! पैसा नभएर बन्दा बन्दै अलपत्र छ ’ ।

छापामा :