बुटवल – प्रायःजसो व्यक्तिले आफ्नो जन्मदिन घरमै मनाउँछन् । जन्मदिनको अवसरमा खानपिनमा बढी पैसा खर्च गर्छन् । तर, यही समाजमा कोही यस्ता व्यक्तिहरु पनि छन्, जसले आफ्नो जन्मदिनको अवसरमा सामाजिक काममा सहयोग गर्छन् । यस्तै मध्येकी एक हुन्, लियो अनु गुरुङ ।
लियो क्लब अफ बुटवल सेन्ट्रलका सदस्य अनुले आफ्नो जन्मदिन नेपाल दृष्टिविहिन समाज बुटवल जवईमा मनाएकी हुन । उनको जन्मदिनको अवसरमा क्लबले पनि साथ र सहयोग गर्यो र जन्मदिन मनाउनकै लागि बुटवल देखी टाढा बेलाबासको जवईमा रहेको दृष्टिविहिन समाजमा पुगे अनु संगै समस्त लियो सदस्यहरु । त्यसो त लियो क्लबले सबै सदस्यको जन्मदिनको अवसरमा समाजमा रहेका दिन दुखीहरुलाई बिगत देखीनै सहयोग गर्दै आएको थियो । समाजमा रहेका दिनदुखी हरुको समस्या एबम उनिहरुको आवश्यकता बुझी बिभिन्न सामाग्री सहयोग गर्ने क्रममा अनुको जन्मदिनको अवसरमा लत्ताकपडा खाद्यान्न संगै कुकर , गुन्द्री ,म्याट लगायतका सामाग्री सहयोग गरेको छ ।

जन्मदिन परेकी अनु गुरुङ भन्छिन – ‘समाजमा थोरै भएपनी सहयोग गर्न पाउँदा मन खुशी हुन्छ र सदैब सहयोग गर्ने अठोट समेत लिएकी छु यो बिशेष अवसर जुर्याएको मा लियो क्लबलाई धेरै धन्यवाद । ‘
कार्यक्रममा समाजका अध्यक्ष नारायण नेपालीले हामीहरुलाई क्लबले जन्मदिन जस्तो पुणित उत्सबमा पनि बिभिन्न सहयोग गरेकोमा खुसिका साथै थप प्रेरणा दिएको बताएका थिए । लायन्स क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष लक्ष्मण पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा लियो क्लब अफ बुटवल सेन्ट्रलका अध्यक्ष एबम कार्यक्रमका अध्यक्षता बुद्धी कुँवरले लियो समाज सेवामा प्रेरित भएको र आउदो दिनमा पनि अझ सहयोग गर्ने बताउएका थिए । क्लबका लेट प्रेसिडेन्ट एबम कार्यक्रम संयोजक चिरन अर्यालले कार्यक्रमको सन्चालन गरेका थिए ।












