तिलोत्तमाको शंकरपुरदेखि भलवारीसम्म बिरुवा रोपियो

प्रकाशित मिति:

तिलोत्तमा नगरपालिले सुरु गरेको बृक्षारोपण अभियान अन्तरगत अहिले नगरपालिकाका वडा तथा टोलहरुमा धमाधम बिरुपा रोपिएको छ । हरेक दिनजसो बिभिन्न वडा तथा टोलले आफनो क्षेत्रमा फलफुल तथा बनस्पतीका बिरुवा लगाई रहेका छन । यही अभियानमा सिद्धार्थराजमार्गको नगरपालिका भित्रको बाकी रहेको स्थानमा पनि बृक्षारोपण गरीएको छ ।

तिलोत्तमा नगरपालिकाको वडा नम्वर ९ को आयोजना र मङ्गलापुर पुर्ब टोल विकास संस्था, शंकरपुर टोल विकास संस्था, तुल्सीपु्र टोल विकास संस्था, मिलिजुली टोल विकास संस्था, आमा समुहहरु, क्लबहरु र विभिन्न संघसंस्थाका सदस्यहरुको सहभागितामा सिद्धार्थराजमार्गको शंकरपुर चोकदेखी भलवारीसम्म सडकको दायाँबायाँ डिभाइडर र बिचमा सरसफाई सहित बृक्षारोपण गरीएको छ । हिजोदेखी सुरु गरिएको बृक्षारोपणमा सडकको दायाँबायाँ डिभाईडरमा ६ सय वटा अलसटोनियाको बिरुवा र बिचमा ६ सय वटा बेगनवेली फुल गरी जम्मा १२ सय बोटविरुवा रोपिएको वडाअध्यक्ष नारायण न्यौपानेले जानकारी दिनुभयो ।
आजको बृक्षारोपण र सरसफाईमा करिव ४ सय स्थानीयको सहभागिता रहेको थियो । वडा भित्र रहेका मठ्मन्दिर, सडकको छेउछाउ बन्दै गरेको वडा कार्यालय, सभाहल आसपास तथा बिभिन्न सार्बजनिक स्थलमा पनि फलफुल तथा बनस्पतिका बिरुवा लगाईने वडाध्यक्ष न्यौपानेले बताउनुभयो । ‘ग्रीन तिलोत्तमा क्लिन तिलोत्तमा’ नारा तय गरी सरसफाई र बृक्षारोपणको अभियान चलाएको तिलोत्तमा नगरपालिकाले यस बर्ष ५० हजार विरुवा रोप्ने लक्ष्य राखेको छ