एभरेस्टकी बिधार्थी स्मारीका घिमिरेलाइ मिस लिटल च्याम्सको उपाधी

प्रकाशित मिति:

बुटवल-द डाइनेमिक फेसन स्टाइलको आयोजनामा सन्चालीत मास्टर एन्ड मिस लिटल च्याम्स रुपन्देहीको उपाधी छात्रातर्फ स्मारीका घिमिरेले हात पारेकी छन । शनिबार बुटवलमा सम्पन्न फाइनलमा अन्य प्रतीस्पर्धीलाइ पराजीत गर्दै उनी मिस लिटल च्याम्स हुन सफल भएकी हुन । घिमिरेले मोस्ट भ्युअर मल्टि मिडीया अवार्ड पनी हात पार्न सफल भएकी छिन ।

उनलाइ गोल्ड मेडल , शिल्ड र प्रमाणपत्रले सम्मान गरिएको थियो । बालप्रतीभाहरुलाइ उजागर गर्न रुपन्देहीका बिभिन्न बिधालयका कक्षा २ देखी ७ सम्म अध्ययन गर्ने बिधार्थीहरुको सहभागीता रहेको आयोजकले जानकारी गराएका छन । प्रतीस्पर्धी बिधार्थीहरुलाइ १५ दिनसम्म उनीहरुको लेखन,गायन,नृत्य,र ब्यक्तित्व बिकास सम्बन्धि बिभिन्न तालीम दिइएको थियो । बुटवल दिपनगर निवासी मिस लिटल मिस लिटल च्याम्स स्मारीका घिमिरे हाल एभरेष्ट इ बोर्डीङमा अध्ययनरत रहेकी छिन । सानैदेखी नृत्य र अतिरिक्त क्रियाकलापमा रुचि राख्ने स्मारीकाले पहिलो पटक उपाधी हात पार्दा खुसी लागेको बताइन ।