बुटवल –लुम्बिनी बौद्ध विश्वविद्यालयले विए एलएलबी कक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले बुटवलमा यसै शैक्षिक सत्रदेखि यो कार्यक्रम सञ्चालन गर्ने निर्णय हो ।बुटवलमा बिएएलएलबी कक्षा सञ्चालन संगै कानुन विषय लिएर कक्षा १२ पास गरेका विद्यार्थीहरु बुटवलबाहिर जानुपर्ने बाध्यता टरेको छ । यो विषय पढ्नका लागि काठमाण्डौं, पोखरा वा सुर्खेत जानुपर्ने बाध्यता थियो ।
विश्वविद्यालयले चालु शैक्षिक सत्रमा ८० जना विद्यार्थी भर्ना लिने रजिष्ट्रार तिलक आचार्यले जनाए । ‘बुटवलमा पहिलो शैक्षिक सत्रमा ८० जना विद्यार्थी पढाउने गरी बिएएलएलबीको कक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ, उनले भने ।विएएलएलबी कक्षा सञ्चालनका लागि प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । सामाजिक विकास मन्त्रालयको सहयोगमा यो कार्यक्रम सञ्चालन हुन लागेको हो । पाच वर्षे सेमेष्टर प्रणालीको यो तहमा भर्नाका लागि कानुन विषय लिएर माध्यमिक तह पास भएको हुनुपर्नेछ ।
कानुन विषय विज्ञको आवश्यकता भइरहेकाले त्यसको पूर्तिका लागि प्रदेश सरकार र विश्वविद्यालयले यो कार्यक्रम सञ्चालनमा ल्याएको रजिष्टार आचार्यले बताए ।विश्वविद्यालयको कार्यकारी परिष्द बैठकले सबै तहलाई समेष्टर प्रणालीमा लैजाने निर्णय समेत गरेको छ । विश्वविद्यालयको केन्द्रीय क्याम्पस तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा स्नातकोत्तर तह स्नातक तह वार्षिक परीक्षा प्रणालीमा रहेका छन् । यसै शैक्षिक सत्रदेखि सबै कक्षाहरु समेष्टर प्रणालीमा सञ्चालन गर्ने निर्णय गरिएको छ ।विश्वविद्यालयले बिएएलएलबीसहित बुटवलमै स्नातक तहमा ट्राभल टुरिजम विषय अध्यापन गराइरहेको छ । यी दुबै विषयमा भर्ना खुलिसकेको बताइएको छ । त्यस्तै विश्वविद्यालयले छिट्टै नै बुटवलमै इन्टरनेशनल रिलेशन विषयको अध्यापन शुरु गर्ने तयारी गरेको छ । यो स्नातकोत्तर तहको कक्षा हो ।










