बुटवल-बुटवलको मिलनचोकमा रहेको स्कलर्स होम कलेजले नव आगन्तुक विद्यर्थीका लागि अभिमुखीकरण कार्यक्रम गरेको छ ।कलेजले टाइगर प्यालेस रिजोर्टमा बुधवार एक कार्यक्रम सहित कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि स्वागत सहित अभिमुखीकरण गरेको हो ।विज्ञान संकायमा राम्रो नतिजा ल्याएको कलेजले कक्षा ११ मा भर्ना भएका १ सय ६० भन्दा बढी विद्याथीका लागि अभिमुखीकरण गरेको विद्यालयका प्राचार्य बाबुराम बन्जाडेले जनाकारी दिए ।

कार्यक्रममा प्राचार्य बन्जाडेले एक बर्षको कार्य योजना प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुलाई कलेजका नीति नियमहरुको सपथ समेत गराएका थिए । कार्यक्रममा विषयगत प्रध्यापकहरुले परिचित हुँदै प्रध्यापनमा गुस्तरमा संझौता नगर्ने सामुहिक प्रतिवद्धता जायर समेत गरेका थिए ।कार्यक्रममा बोल्दै जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ रुपन्देहीका प्रमुख दिपेन्द्र ढकालले विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनमा तीन ओटा कुरामा जोड दिन आग्रह गरे । उनले विद्यर्थीहरुलाई उत्प्रेरणा दिँदै अनुसासन लगनशीलता र मेहेनत गर्न सके सफल भइने बताएका थिए ।

त्यस्तै कार्यक्रममा बोल्दै पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापाले विद्यार्थीका अन्तरनिहित क्षेमता प्रस्फटनका लागि कलेजहरुले ध्यान दिनुपर्ने बताए ।कार्यक्रममा एन प्याप्पसन रुपन्देहीका अध्यक्ष देउ प्रकास राइ, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश ५ का शाखा अधिकृत बाबुराम भन्डारी, प्रध्यापक कृष्ण पान्डे, महेन्द्र बन्जाडेलगाएतले बोल्दै कलेजले हासिल गरेको प्रगतिको प्रशंसा गरेका थिए ।कक्षा १२ मा अध्ययनरत छात्र मनिस जिसीको अध्यक्षता, विद्याथी अर्जुन देवकोटाको स्वगत र नितु पोखरेल र विक्रम रेग्मीको संचालनमा कार्यक्रम भएको थियो ।विद्यार्थीहरुका लागि चर्चित उत्प्रेरक प्रशिक्षक शफ्रिन शिलवालले मोटिभेसन क्लास लिएका थिए ।विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमका साथै ‘स्प्याच व्यन्ड’द्धारा मनोरन्जान दिएका थिए ।












