संचार माध्यम र पर्रोहा बहुमुखी विच सम्झौता

प्रकाशित मिति:

सैनामैना ४ मुर्गियामा रहेको श्री पर्रोहा बहुमुखी क्याम्पसले पछिल्लो समयमा सैनामैनाका हरेक निकाय सँग छलफल सँगै समझदारी पत्रमा हस्ताक्षर गर्ने काम गरिरहेको छ । यसै क्रममा आज सैनामैनाका विभिन्न संचारमाध्यम सँग क्याम्पसको हरेक गतिविधि प्रकाशन एवम् प्रशारण गर्नुका साथै प्रचार प्रसारमा सहयोग पुर्याउने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

त्रिभुवन विश्वविद्यालयद्वारा सम्बन्द्यन प्राप्त क्यु.ए.ए प्राप्तिका लागि अगाडि बढिरहेको क्याम्पस र सैनामैनामा रहेका रेडियोहरु– रेडियो मलमला, रेडियो सैनामैना,रेडियो टाइम्स,किस एफ.एम,बुटवल टुडे र साझा पत्र अनलाईन सँग क्याम्पसको गतिविधी, सुचना, संचारमाध्यमबाट सम्प्रेषण गर्ने सम्बन्धमा हस्ताक्षर भएको हो । रेडियो मलमलाका तर्फबाट कार्यालय प्रमुख टिका खरेल, रेडियो सैनामैनाका स्टेशन म्यानेर भुबन जिसी, रेडियो टाइम्सका प्रबन्धक नरेश चौधरी,किस एफ .एम का प्रबन्धक कृष्ण भण्डारी, बुटवल टुडेका संववादाता र साझा पत्र अनलाईनका नबिन धिमीरेले समझदारी पत्रमा हस्ताक्षर गर्नुभयो । यसैगरी क्याम्पसका तर्फबाट क्याम्पसका क्याम्पस प्रमुख चित्र बहादुर केसीले हस्ताक्षर गर्नुभयो ।