नगरलाई समृद्ध बनाउनका लागि नगरवासीको महत्वपूर्ण भूमिका रहन्छ :नगर प्रमुख थापा
सुनवल -नगरलाई समृद्ध बनाउनका लागि नगरवासीको महत्वपूर्ण भूमिका रहने सुनवल नगरपालिकाका नगर प्रमुख भिम बहादुर थापा भरतले बताउनु भएको छ । महिला उद्यम केन्द्र सुनवल ६ ले आयोजना गरेको ६ दिने उद्घोषण तालीमको समापन कार्यक्रमलाई सम्वोधन गर्दै नगर प्रमुख थापाले सो कुरा बताउनु भएको हो । नगर प्रमुख थापाले नगरका हरेक वडामा रहेका क्रियासिल महिलाहरुलाई सचेत र सक्रिय बनाउदै उद्यमसिलतासंग जोडेर अघि बढ्न सकेमात्र सुनवल नगर समृद्ध हुनसक्ने बताउदै त्यसका लागि महिलाहरुमा क्षमता अभिवृद्धि हुन जरुरी रहेको धारणा ब्यक्त गर्नु भएको थियो ।
महिला उद्यम केन्द्र सुनवल ६ की अध्यक्ष अनिता भट्टराईको अध्यक्षता , नगर प्रमुख भरत थापाको प्रमुख आतिथ्यता र केन्द्रकी सचिव सीता तिमीलसिनाको मा भएको तालीम समापन कार्यक्रममा तालीममा सहभागी पुष्पा पन्थ,अनिता पाण्डे,निकीता क्षेत्री,बुद्ध माया पाठक लगाएतले तालीममा सिकेका अनुभवहरु राख्नु भएको थियो भने वडा नंम्वर ६ का वडाध्यक्ष राम प्रसाद लामा,वडासदस्यद्धय भिमा कुवंर,यानीसरा सराईली लगाएतले आ आफ्ना भनाईहरु राख्नु भएको थियो । श्रावण २१ गते देखि शुरु भएको उक्त ६ दिने उद्घोषण तालीमको सहजीकरण पत्रकार कृष्ण ढकालले गर्नु भएको थियो भने तालीममा ३९ जना महिलाहरुको सहभागिता रहेको थियो ।










