बेनी नगरपालिका–२ का वडाध्यक्षलाई कालोमोसो र जुत्ताको माला

प्रकाशित मिति:

म्याग्दी जिल्लाको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापालाई कार्यकक्षमै कालोमोसो र जुत्ताको माला लगाइएको छ ।बिहीवार बिहान ८–९ बजेतिर वडा कार्यालय ज्यामरुककोटमा घटना भएको हो । ‘३–४ जना आएर कालोमोसो लगाएर गएछन्, मोबाइल पनि लिएर गए,’ सदस्य कुँवरले भने, ‘विप्लवका मान्छे भन्ने कुरा छ,को हो के हो थाहा भएन । वडा सचिव राजाराम शर्माले प्रहरीलाई घटनाबारे जानकारी भइसकेको बताए । ‘डीएसपी सा’पको टीम आएर घटनाबारे बुझेर गएका छन्,’ उनले भने ।भ्रष्टाचार र अनियमितता गरेको भन्दै केही युवाले कालोमोसो लगाएको भागेको वडा सदस्य चन्द्रबहादुर कुँवरले बताए ।