नेपाल शैक्षिक तालिम केन्द्र प्रालिको प्रथम बार्षिक उत्सव सम्पन्न

प्रकाशित मिति:

भैरहवा –नेपाल शैक्षिक तालिम केन्द्र प्रालि भैरहवाको प्रथम बार्षिक उत्सव भदौ ४ गते बुधबार सम्पन्न भएको छ । सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रश्रित प्रतिष्ठान केन्द्रिय अध्यक्ष प्रा।डा। कपिलदेव लामिछानेले छोटो समयमै संस्थाले समाजिक उत्तरदायित्व बहन गर्दै बार्षिक रुपमा विविध कार्यक्रम सम्पन्न गरेको बताउँदै संस्थाले बैदेशिक रोजगारीमा जापान जानेहरुका लागि र मन्टेश्वरी पढाउनेका लागि शिक्षक तयार पार्ने भैरहवा क्षेत्रमा एक मात्रै संस्था गरेको बताउनुभयो ।

नेपाल शैक्षिक तालिम केन्द्र प्रा लि ले दिने सेवा जापानिज भाषा र मन्टेश्वरी शिक्षक तालिम दिने दुवै प्रशिक्षक दक्ष र अनुभवी रहेको विशिष्टि अथिति सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लिराज भट्टराईले बताउनुभयो । संस्थाले बेरोजगारहरुका लागि मन्टेश्वरी शिक्षकको तालिम दिन स्वरोजगार बनाउने र जापानिज भाषा सिक्नेका लागि भैरहवा भन्दा बाहिर जान नपर्ने त्रिवि भैरहवा बहुमुखी क्याम्पसका उपप्राध्यापक कृष्ण प्रसाद बस्यालले बताउनुभयो ।

संस्थाका अध्यक्ष बिन्दु खरालले नेपाल शैक्षिक तालिम केन्द्र प्रालिमा आएर मन्टेश्वरी शिक्षकको तालिम लिएका जो कोही पनि खाली बस्न नपर्ने बताउँदै तालिम लिएका शिक्षकहरु भैरहवा, लुम्बिनी, परासी, मणिग्राम, बुटवल लगायतका विद्यालयहरुमा शिक्षण गर्ने गरेको बताउनुभयो संस्थाका डाइरेक्टर पुनहरि बेल्बासेले संस्थाले जापानिज भाषा सिकाउने, मन्टेश्वरी शिक्षकका लागि तालिम दिने मात्रै नभएर सामाजिक उत्तरदायित्व बहन गर्दै रक्तदान, होली मिलन कार्यक्रम गर्दै आएको बताउँदै संस्थामा सिक्न आउने विद्यार्थीहरुलाई मनोरञ्जनका लागि विभिन्न समयमा शैक्षिक भ्रमण तथा वनभोज कार्यक्रम पनि गर्दै आएको बताउनुभयो ।