दिपक खड्का, चन्द्रौटा । न्यूज २४ का सिधा कुरा जनतासंग कार्यक्रम प्रस्तोता रवि लामिछाने समर्थकले चन्द्रौटामा प्रदर्शन गरेका छन ।रबिका समर्थकहरुले जिल्लाको शिवराज नगरपालिका चन्द्रौटा बजारमा शनिबार प्रर्दशन तथा र्याली निकालेका हुन् । पत्रकार लामिछानेको रिहाइको माग गर्दै समर्थकहरुले चन्द्रौटा बजार परिक्रमा गर्दै कोण सभा गरेको हुन् । कपिलवस्तुमा स्वर्गीय पत्रकार शालिकराम पुडासैनी प्रकरणमा प्रहरीको छानबिनमा रवि लामिछाने प्रहरी नियन्त्रणमा छन् ।शिवराज युथको आयोजनामा रवि सर्मथकहरुको स्वतः स्फूर्त रुपमा जम्मा भएका युवाहरुले रवि लाई न्याय दे लेखिएका पम्पप्लेट सहित युवाहरुले प्रदर्शन गरेका थिए ।मायादेवि अनलाईनवाट साभार











