धुर्कोटेहरुको तीज मिलन सप्पन्न

प्रकाशित मिति:

बुटवल –रुपन्देहीमा रहेका गुल्मी जिल्ला धुर्कोट गाउपालिका दाजुभाइ दिदिबहिनी बिच तीज मिलन दरखाने कार्यक्रम सम्पन्न भएको छ । धुर्कोट गुल्मी रुपन्देही सम्पर्क समाजको आयोजनामा सप्पन्न कार्यक्रममा धुर्कोटबाट रुपन्देहीमा स्थायी वा अस्थायी बसोबास गर्ने महानुभावको उपस्थिति थियो ।कार्यक्रममा लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण खनालले धुर्कोटे मौलिकता रुपन्देहीमा देख्न पाउदा खुसी व्यक्त गर्दै शहरिया भड्किलो आधुनिकताले हाम्रो सस्कृतीलाइ नै बिकृत बनाउदै लगेकोमा चिन्ता व्यक्त गर्नु भएको थियो ।

धुर्कोट गाउपालिका जन प्रतिनिधि ज्ञान बहादुर नेपालीले जहाँ रहेपनी नेपाली सास्कृतिक पर्वको जगेर्ना गर्नु सबैको कर्तव्य भएको बताउनु भयो ।सम्पर्क समाजका अध्यक्ष राम प्रसाद पौडेलले धुर्कोटका सबै वाडका मानिस बिच दुख सुख साट्ने साझा चौतारीको रुपमा यो सस्थालाइ बढाउन खोजिएको प्रष्ट पार्नुभयो ।कार्यक्रममा सस्थाका महासचिव अर्जुन ज्ञवाली, कार्यकारी सदस्य मन्जु भण्डारी, डा आयुषा गौतम लगायतले बोल्नुभएको थियो ।