भैरहवामा तिज गीत प्रतियोगीता सम्पन्न

प्रकाशित मिति:

भैरहवा ।प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रिय कार्यालय भैरहवा र सिद्धार्थनगर नगरपालिकाको आयोजनामा भएको तीज गीत कार्यक्रम सम्पन्न भएको छ । “मौलिक संस्कृतिको जगेर्ना गरौँ । तीज पर्वलाई मर्यादित बनाऔँ ।” भन्ने मुलनारालाई आत्मासाथ गर्दै स्वस्थ, सुखी र समृद्धि जीवन विषयक शीर्षकमा रही तीज गीत प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।भैरहवा क्षेत्रमा रहेका १२ ओटा माध्यमिक विद्यालयहरुले कार्यक्रममा सहभागिता जनाएका थिए । जसमध्ये काशी नोबेल एकेडमी प्रथम, साइग्लोबल एकेडमी द्धितीय, मुनलाइट आवासीय माध्यमिक विद्यालय तृतीय र रुपन्देही लीलाराम न्यौपाने मावि सान्तना भएका थिए ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै संविधान सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथी सिन्दु जलेसाले चेलीले दुःख, कष्ट र मनका वेदनालाई बिसाउने ठाउँ भनेको तीज गीत रहेको बताउँदै पछिल्लो समय महिलाहरुलाई शसक्तिकरण गर्ने र वातावरण र वैज्ञानिक शिक्षालाई जोड दिएका गीतहरु आउन थालेको बताइन् । तीज कार्यक्रमले मौलिकतालाई बिर्सन नहुँने र चेलीका सुख दुःखका भावनाहरु गीतमा समावेश हुनु पर्नेमा अहिले बजारमा निस्किएका गीतहरुले समाजलाई भड्काउने खालका भएको सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारीले बताए ।

गाउँमा तीजको मौलिकता रहेपनि बजारमा अहिले मौलिकता हराउँदै गएकोले तीज गीत पुस्तान्तरण गर्नको लागि मौलिक तीज गीत कार्यक्रम आयोजना गरिएको प्रश्रित प्रतिष्ठान नेपालका केन्द्रिय अध्यक्ष प्रा.डा. कपिलदेव लामिछानेले बताए । नेपालका परम्परागत इतिहासलाई जोगाइ राख्नु मौलिकता हुनु पर्ने बताउँदै नयाँ पुस्तामा मौलिकता सिर्जना गर्ने बानीको विकास हुन जरुरी रहेको संस्कृतिविद् प्रा.डा. गीतु गिरीले बताए । कार्यक्रमा सिद्धार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराई, साहित्यकार बिजय सागर, दया दर्लामी लगायतले मन्तव्य राखेका थिए भने कार्यक्रम सिद्धार्थनगर नगरपालिका भैरहवाका उपप्रमुख उमा काफ्लेको अध्यक्षता र कृष्ण प्रसाद बस्यालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।