लिटिल प्याराडाईजको चेतनामुलक तीज गीत प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

तिलोत्तमा – लिटिल प्याराडाइज ईगंलिश मिडियम स्कूल तिनपा ७, भलवारीको आयोजनामा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ ।विद्यालयको आफ्नै प्रागंणमा आयोजित अन्तरसदनात्मक तीज गीत एंव नृत्य प्रतियोगितामा जुनियर सब जुनिएर र सिनियर गरि तीन समुहमा बिभाजित प्रतियोगितामा जुनियर सव जुनिएर तर्फ निलो सदन प्रथम र रातो सदन ले दोश्रो स्थान हासिल गरे भने सिनिएर तर्फ पहेलो सदन प्रथम र रातो सदन ले दोश्रो स्थान हासिल गरेका थिए |

बिजयी समुहलाई प्रमुख अतिथि जमुना लम्सालले पुरस्कार स्वरूप शील्ड तथा मेडल एंव मायाको चिनो प्रदान गर्नु भएको थियो ।त्यसअघि उद्घघाटन कार्यक्रममा बोल्ने बक्ताहरूले विद्दार्थी भाई बहिनीहरूमा रहेको प्रतिभा प्रस्फुटनमा यसखाले प्रतियोगिता सहायक हुने भन्दै विद्यालयको प्रशंसा गरेका थिए । संयोजक तारा उपाद्द्यायको शुभकामना तथा स्वागत मन्तब्य रहेको कार्यक्रमा प्रमुख अतिथी जमुना लम्साल, विशिष्ट अतिथि बिधालय ब्यवस्थापन समितिका उपाध्यक्ष दानु प्रसाद उपाध्याय, जन प्रतिनिधि देबि पंगेनी, विद्यालयका प्रअ केएन सागर ज्ञवाली लगायतले मन्तब्य दिनुभएको थियो । विद्यालयका प्रबन्ध निर्देशक माधव पाण्डेको सभापतित्व एंव दुर्गा गुरुगं शुस्मा पुन र राजेश खनाल निर्णायक रहेको कार्यक्रमको सन्चालन शिक्षक देवेन्द्र अधिकारी एंव शिक्षिका रुपा सुबेदीले संयुक्त रूपमा गर्नुभएको थियो ।