तिलोत्तमाका उत्साही युवाद्वारा अविनाश अनाथ आश्रममा दर खुवाउने कार्यक्रम सम्पन्न
तिलोत्तमा – तिलोत्तमा न। पा। वडा न। ७ भलवारीका केही जागरुक युवाहरुले हरितालिका तिजको अवसर पारेर नेपाल अविनाश अनाथ आश्रमका वालवालिकालाई दर खुवाउने कार्यक्रम सम्पन्न गरेका छन ।
कुनै पनि काम नामको लागि होईन आत्म सन्तुष्टिका लागि गर्नपर्छू भन्ने कुरालाई आत्म साथ गदै ७० जना युवाहरुको समुहले कोटीहवामा अवस्थित अविनाश अनाथ आश्रममै पुगेर त्यहाँ आश्रित बालबालिका सँगै दर खाने कार्यक्रम सम्पन्न गरेको सामाजिक अभियान्ता रविन जोशीले जानकारी दिए । दुर्गा गुरुङ्गको प्रमुख आतिथ्यता, रेनु के।सी। को विशिष्ट आतिथ्यता एंव नेपाल अभिनाश अनाथ आश्रमका अध्यक्ष लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रमको संचालन संजोग ज्ञवाली ज्युले गर्नु भएको कार्यक्रम संयोजक नितेश जायसवालले जानकारी दिए ।












