नवलपुर-रेडियो नवलपुर एफएम १०४।७ मेगाहर्जले छैठौ वार्षिकोत्वसको अवसरमा दुईजना रेडियोकर्मी सम्मानित भएका छन् । रेडियोमा समाचार वाचिकाको रूपमा कार्यरत निशा भन्डारी र बजार व्यवस्थापक लक्षमी सुवेदीलाई सम्मानित गरिएको हो । त्यस्तै कला र साहित्यतिरबाट केवी टण्डन र कृष्णदेव शर्मा सम्मानित भएको छन् ।


उक्त रेडियोको वार्षिकोत्सव कार्यक्रमको प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले सम्मान श्वरूप दोसल्ला ओडाएर प्रमाण पत्र प्रदान गरेका थिए । सूचना, शिक्षा र मनोरञ्जन एकै साथ भन्ने आशयका साथ नवलपुर एफएम २०७१ साल तिजकै दिन देखी प्रसारण सुरू गरेको थियो । एफ एमले दैनिक २० घण्टा प्रसारण दिदै आएको छ ।स्रोताले चाहेका कार्यक्रमलाई प्रमुखताको साथ स्थान दिँदै आएको नवलपुर एफ।एम।सूचना शिक्षा र मनोरञ्जनको त्रिवेणी बनेको छ । एकातिर एफएमहरूले जनताको सूचनाको हकलाई व्यवस्थित गर्दै लिएको छ भने अर्कातीर नेपाली पत्रकारीताको जगतमा महिला पत्रकारहरूको पनि उत्पादन गर्दै आइरहेको छ












