स्याङ्जा । स्याङ्जाको हरिनासमा धारिलो हतियार प्रहार गरी बावु छोराको हत्या भएको छ । हरिनास गाँउपालिका वडा नम्वर ३ मग्यामचिसापानी, ललई का ३० वर्षिय चित्र बहादुर खड्का र उनका छोरा ४ वर्षिय रिजन खड्काको हत्या भएको प्रहरीले जनाएको छ । गएरातीको उक्त घटना भएको र स्याङ्जाका प्रहरी प्रमुख राजकुमार लम्साल नेतृत्वको टोली घटनास्थलमा पुगेको छ । एउटै कोठाको अर्को खाटमा सुतेकी चित्र बहादुरकी श्रीमतीले मास्क लगाएका व्यक्तीले हतियारले हानीरहेको देखे पछि चिच्याएको बताईएको छ । यसबारे पूर्ण विवरण भने आउन बाँकी छ ।












