पत्रकार पुनःबहालीको माग गर्दै प्रधानमन्त्रीलाई प्रेस युनियन नवलपुरको ज्ञापनपत्र

प्रकाशित मिति:

कावासोती- रेडियो नेपालको प्रादेशिक प्रसारण केन्द्र दिपायलमा कार्यरत पत्रकार हरुलाई राजनैतिक पुर्बाग्रह सांधै काम बाट निकालेको घटना प्रती खेद प्रकट गर्दै नेपाल प्रेस युनियनले बुधबार देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा ज्ञापन पत्र बुझाएको छ । सो क्रममा नेपाल प्रेस युनियन नवलपुर शाखा ले पनि बुधबार जिल्ला प्रशाशन कार्यालय मार्फत प्रधानमन्त्री लाई ज्ञापन पत्र बुझाएको छ । प्रेस युनियन नवलपुरका अध्यक्ष बिरेन्द्र पराजुली ले प्रमुख जिल्ला अधिकारी बिष्णु कुमार कार्किलाई ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापन पत्रमा बिनाकारण जागिर बाट निकालिएका पत्रकारहरु प्रकाश बम , सुनिता कुँवर र चक्रबहादुर रावल लाई तत्काल पुनर्बहाली गर्न माग गरिएको छ ।

साथै अन्य सरकारी संचारमाध्यममा समेत प्रजातन्त्रबादी पत्रकारहरुलाई गरिएको अप्रजातान्त्रिक र पेशागत मर्यादा बिपरितको व्यबहारको भत्सर्ना गरिएको छ । ज्ञापन पत्रमा सरोकारवालाहरु संग को प्रसस्त छलफल बिना मिडिया काउन्सिल बिधेयक राष्ट्रिय सभा मार्फत अगाडि बढाईएकोमा युनियनले ज्ञापन पत्र मार्फत बिरोध जनाएको छ । यस्तै युनियन ले सरोकारवालाहरु संगको प्रयाप्त छलफल बिना असोज ६ गते बाट लागु गर्न खोजिएको पत्रकार आचारसंहिता लाई प्रयाप्त छलफल पछि मात्र लागू गर्न युनियनले माग गरेको छ । युनियन ले आफ्ना मागहरु पूरा नभए आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन ।