बुटवल –बुटवल ११ नहरपुर स्थित ज्ञानपुन्ज सेकेन्डरी बोर्डिङ स्ककुलले विद्यार्थीेहरुमा अतिरिक्त क्षमता प्रस्तुत गर्ने उद्देश्यले एकहप्ते हस्त लेखन तालिम चलाएको छ । प्रतेक दिन एउटा कक्षाका दरले एक हप्तासम्म तीनजना विषयविज्ञबाट एकदेखि १० कक्षा सम्मका बिद्यार्थिहरुलाई तालिम सञ्चालन गरिएको संस्थापक प्राचार्य तोयाराम पौडेलले बताए ।
तालीम कार्यक्रमका संयोजक दिपेन्द्र न्यौपानेले एक हप्तामा बिद्यार्थीहरुको हस्तलेखनमा धेरै सुधार आउने बताए । बिद्यालयका कोर्डिनेटर सुर्य पाण्डेको सञ्चालनमा भएको सो कार्यक्रम भदौ २७ गतेसम्म चल्ने छ ।