बिश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार सम्बन्धी प्रदर्शन कार्यक्रम सम्पन्न
कन्चन –बिश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार सम्बन्धी प्रदर्शन कार्यक्रम,हाजिरी जवाफ प्रतियोगितामा एभरग्रिन ईङलिस बोर्डिङ स्कुल प्रथमरुपन्देहीको लुम्विनी सांस्कृतिक नगरपालिकामा रहेको पडरिया आधारभुत बिद्यालयमा बिश्व प्राथमिक उपचार दिवसको अवसरमा आज प्राथमिक उपचार सम्बन्धी प्रदर्शन कार्यक्रम गरिएको छ ।“प्राथमिक उपचार सबैले सिकौ” भन्ने अभियानका साथ सञ्चालित कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापति प्रेमलाल उदासको अध्यक्षता रहेको थियो ।
उक्त प्रदर्शन कार्यक्रममा प्राथमिक उपचारका प्रशिक्षकहरु दलबहादुर थापा, तुलबहादुर थापा, सैलेन्द्र तुलाधर , आशमाया राना , कृष्ण मल्ल लगायतका प्रशिक्षकबाट प्राथमिक उपचार अन्तर्गत नाथ्रो फुटाई , सर्पको टोकाई, पोलाई र बिरामी बेहोस हुदा गरिने प्राथमिक उपचारलाई प्रयोगात्मक रुपमै प्रदर्शन गरी कार्यक्रममा उपस्थित भएका बिद्यार्थी र जनसमुदायलाई सिकाईएको थियो । कार्यक्रममा १ सय भन्दा बढी जनसमुदायको सहभागिता रहेको थियो ।यसैगरी बिश्व प्राथमिक उपचार दिवसकै अवसरमा बुटवलमा रहेको लुम्बिनी बोर्डिङ स्कुलको आतिथ्यतामा जिल्ला स्तरिय ूप्राथमिक उपचारू हाजिरी जवाफ प्रतियोगितामा एभरग्रिन ईङलिस बोर्डिङ स्कुल प्रथम भएको छ । त्यस्तै प्रतियोगितामा मदरल्याण्ड ईङ्लिश स्कुल द्धितिय , होराईजन जिबिएस तृतिय , र हिमालय आधारभुत बिद्यालय कञ्चन ४ र मदरटङ्श ईङ्लिश स्कुल सान्त्वना हुन सफल भएको प्राथमिक उपचारका जिल्ला प्रशिक्षक तुलबहादुर थापाले जानकारी दिनुभएको छ ।










