नेपाल प्रध्यापक संघको अध्यक्षमा बुटवलका प्रा.डा.थापा निर्बिरोध

प्रकाशित मिति:

बुटवल –नेपाल प्रध्यापक संघको केन्द्रिय अध्यक्षमा बुटवलमा कार्यरत प्रा डा बुद्ध बहादुर थापा निर्बिरोध निर्वाचित भएका छन् । बुटवल वहुमुखी क्याम्पसमा सम्लग्न रहनु भएका थापा देशभरका प्रध्यापकहरुले सर्बसहमतीमा निर्विरोध हुनु भएको हो । काठमाडौमा सम्पन्न संघको १६ औं महाधिवेशनबाट डा थापालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । वाकी रहेका सदस्यहरुको हकमा भने कार्तिक २३ गते राजधानी काठमाडौंमा हुने निर्वाचन प्रक्रियावाट टुङग्याईने निर्वाचन समितिका संयोजक प्रा डा रामप्रसाद ज्ञवालीले जानकारी दिए ।महाधिवेशनको निर्वाचन कार्यतालिका अनुशार अध्यक्षमा डा थापाको मात्र उमेदवारी परेकोले उनि निर्विरोध भएका हुन् । संघमा २० जना सदस्यहरु रहने विधान अनुशारको व्यवस्था भएपनि २१ जनाको उमेद्वारी परेकोले मतदान हुने भएको छ ।

देशभरका प्रध्यापकहरुको छाता संस्था प्रध्यापक संघमा राजधानी वाहिरबाट अध्यक्ष पदमा निर्विरोध भएको सम्भवत पहिलो पटक हो ।प्रजातन्त्रबादी प्रध्यापक संघको महासचिव भैसकेका थापा सबैलाई मिलाएर लैजानसक्ने क्षमताका कारण पनि लोकप्रिय छन् ।नेपाली कांग्रेसका महासमिति सदस्य समेत भैसकेका थापा बरिष्ठ अधिवक्ता पनि हुन् । उनि उच्च अदालत वार एकाई बुटवलका पुर्व अध्यक्ष समेत हुन् । लामो समयदेखि प्रध्यापन पेशामा रहेर वेदाग आफ्नो कार्यसम्पादन गरेका थापाले निर्वारोध भएसंगै देशभरीकै प्रध्यापकहरुको विश्वासलाई गुम्न नदिने प्रतिक्रिया दिएका छन् ।उनले प्रध्यापकहरुका पेशागत धेरै खालका समस्याहरु रहेकाले सरोकारवाला निकायहसंग संवाद गरेर समाधान गरिने पनि बताए । नेपालमा विभिन्न १० वटा विश्व विद्यालय अन्तरगतका २० हजार भन्दा वढि प्रध्यापकहरु संघमा आवद्ध रहेका छन् । सबै दल समर्थकहरुका आ आफ्नै संघ संगठन भएपनि नेपाल प्रध्यापक संघ सबैको छाता संस्था हो ।