बुटवल –क्षत्री समाज नेपाल बुटवल उपमहानगर समितिले बिबिध कार्यक्रमको आयोजना गरी क्षत्री दिवस मनाएको छ ।दिवसको अवसर पारेर आइतबार समाजको सभा हलको उद्घाटन गर्नुका साथै छात्रबृत्ति बितरण तथा विजया दशमी,दिपावली तथा छठ पर्वको शुभकामना आदान–प्रदान समेत गरिएको थियो ।सो अवसरमा पानी प्रशोधन गरी ४० प्रतिसत इन्धनको बचत गर्न सकिने एप्स बनाउन सफल बुटवलका युवा बैज्ञानिक शिशर जिसीलाई सम्मान गरिएको थियो भने सभा हल निर्माण गर्न सहयोग गर्ने सहयोगदाताहरुलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो ।
क्षत्री समाज नेपाल बुटवल उपमहानगर समितिका अध्यक्ष कुलबहादुर केसीको सभापतित्व र क्षत्री समाज नेपालका केन्द्रीय उपाध्यक्ष बिष्णु बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समाजका ५ नं प्रदेश अध्यक्ष भक्त बहादुर कार्की,गुप्त बहादुर केसी,हरी बहादुर थापा क्षेत्री गणेश बहादुर अधिकारी क्षेत्री लगायतले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।घटस्थापनाको दिन आजै समाजले सोही स्थानमा रहेको दुर्गा मन्दिरमा बिधिवत रुपमा जमरा राख्ने कार्यक्रम समेत सम्पन्न गरेको छ ।
सो अवसरमा बिबिध सांस्कृतिक प्रस्तुती समेत गरिएको थियो ।










