विद्यार्थी नेता ढकालले जेष्ठ नागरिकहरुलाई सहयोग गरेर मनाए जन्मदिन

प्रकाशित मिति:

सबलपोस्ट/बुटवल  – जन्म दिन तपाईले कसरी मनाउँनु हुन्छ ? केक् काटेर कि पार्टी प्यालेमा पुगेर । जन्मदिन मनाउँदा धेरैले फजुल खर्च गर्ने चलन पछिल्लो चरणमा बढ्दै गएको छ । तर नेपाल विद्यार्थी संघका नेता विपिन ढकालले आफ्नो जन्मदिन अलिक फरक तरिकाले मनाएका छन ।

२२ वर्ष पुगेका ढकालले मंगलबार शिद्धबाबामा पुगेर जेष्ठ नागरिक तथा असाय गरिब मानिसलाई नगद सहित खाजा वितरण गरेर जन्म दिन मनाएका छन । जन्म दिनमा फजुल खर्च गर्नूको सट्टा गरिब दुखिको सहयोगमा लागेको बताए । उनले जन्मदिनमा फजुल खर्च गर्नुभन्दा जन्मदिनमा सहयोग गर्नको लागि सबैलाई आग्रह समेत गरेका छन ।

नेपाली काङ्ग्रेस रुपन्देहीका जिल्ला सदस्य तथा बुटवल हस्पिटल प्रा.लीका अध्यक्ष सामाजिक अभियान्ता मुक्तिराज पौडेल , नेपाली काङ्ग्रेस क्षेत्र न २ प्रदेश ख का सहसचिव विद्यार्थी नेतृ जमुना ढकाल , नेबिसंघ रुपन्देहीका नेता निराजन घिमिरे , रुपन्देहीकै नेता सुन्दर अर्याल , नेपाल तरुण दल क्षेतृय कार्यसमिति सदस्य अमृत गिरि, तरुण दल नेता अर्जुन गुरुङ , असोक गौतम सुमन अधिकारी ,प्रेम परियार , बिन्दु भुसाल , प्रकाश बि सि तिलक राना, पत्रकार राम भण्डारी , ललित पाण्डेय लगायतको उपस्थिती रहेको थियो ।