हिंसाको आयु सधैं छोेटोे हुन्छ : उपसभापति खनाल

प्रकाशित मिति:

बुटवल –अन्तराष्ट्रिय अहिंसा दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रूपन्देहीले बुटवलको राजमार्ग चौराहामा दीप प्रज्वलन गरेको छ ।कार्यक्रममा बोल्दै शान्ति समाजका केन्द्रिय बरिष्ठ उपसभापति गोबिन्द खनालले हिंसाको आयु सधैं छोेटोे हुने बताउनुभयो । उहाले बिश्व इतिहासमा अहिंसा नै सबै स्वीकार्य हुने बताउनुभयो ।

हिंसालाइ सबैले पनि साथ र प्रश्रय दिननहुने उहाको भनाइ छ । रूपन्देही सभापति डीपी खनालको अध्यक्षतामा भएको कार्यक्रममा नाटा प्रदेश ५ उपाध्यक्ष रचना भट्टराइ,ईन्सेक प्रतिनिधि रिमा बिसि, शान्ति समाजका रुपन्देही सहसचिव कपिल ज्ञवाली, प्रकाश भट्टराई ,सदस्य कमला पाण्डे लगायतले बोलेका थिए ।सो अवसरमा समाजका संस्थापक सभापति कृष्ण पहाडीकी ममतामयी माताको स्मरणमा श्रद्धाञ्जलीसभा साथै मौनधारण समेत गरिएको छ । कार्यक्रममा बिभिन्न संघसंस्थाका प्रतिनिधि,पेशाकर्मी,मानवअधिकारबादी तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।