५० दिनमा औचित्य पुष्टाउँछु भनेका मोदीले अहिले सम्म सकेनन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नोट बन्दीको औचित्य पुष्टि गराउन नसकेको आरोप लाग्न थालेको छ । बिबिसि हिन्दी लेख्छ :
‘भाई बहिनीहरु, मैले जम्मा ५० दिन मागेको छु, ५० दिन । मलाई ३० डिसेम्बर सम्म समय दिनुहोस् , ३० डिसेम्बर भन्दा पछि केही कमी रहेको जस्तो लागे, कसैले मेरो गल्ती औल्याउन सके, कसैले मेरो गलत नियत भेटाउन सके मलाई चौराहामा उभ्याउनु देशले मलाई जे सजाय दिन्छ म भोग्न तयार हुनेछु ’ ।
यो भनाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको हो , ८ नोभेम्बर, २०१६ को रातको ८ बजे नोट बन्दीको घोषणा गरेका मोदीले ५ सय र हजार दरका नोट चलाउन रोकेर ५ दिन पछि गोवामा एक एअरपोर्ट सिलन्यासका क्रममा उक्त कुरा बताएका थिए । तर अहिले १ बर्ष ९ महिना पुग्दा के लाग्दैछ भने , मोदीको सबै दावाहरुको हावा गएको छ ।
नोटबन्दीले देशलाई के फाइदा भयो भन्ने कुराको प्रश्न सबै माझ भए पनि सरकारले त्यसको बलियो प्रमाण अहिले सम्म पेश गर्न सकेको छैन ।
उनले नोटबन्दी घोषणा गर्दा यसले कालो धन नियन्त्रण र चरमपन्थी आतंकवादमा अंकुश लगाउने सम्मका बखान गरेका थिए ।
कहाँ गयो कालो धन ?
भारतीय रिर्जव बैंकका अनुसार ९९. ३ प्रतिशत नोट बैंक मै फिर्ता आएको छ । देशभर भएका ५ सय र हजार दरका १५ लाख ३१ हजार करोड रकममा १० हजार करोड भन्दा बाहेकको रकम बैंकमा देखिन्छ , यसले के प्रमाणित गर्छ भने कालो धनमा अंकुश लगाउने उनको सोंच सही निस्किएन ।

आएन जाली नोटमा कमी
जाली नोटमा अंकुश लगाउने उनको प्रयास पनि बिफल भएको छ । रिजर्व बैंकका अनुसार २०१७÷१८ मा ५ सय का ९ हजार ८ सय बयानब्बे र २ हजार दरका १७ हजार ९ सय २९ जाली नोट पक्डिएको तथ्यांक छ । उनले उक्त समय क्यासलेस इकोनोमीको भाषण दिए पनि अहिने आम जनतासँग उत्तिकै नगद छ । सन् २०१६ मा ७.८ लाख करोड जनताका भएको मा अहिले बढेर १८.५ लाख करोड नगद भएको देखिन्छ ।
जि.डि.पि मा पनि असर
नोटबन्दीले देशको आर्थिक बिकाश दर ओरालो लागेको छ । २०१५÷१६ मा ८.१ ग्रोथ जिडिपि रहेको मा अहिले ६.१ मा झरेको छ । पि चितंबरमले यसका कारण १ बर्षमा २.५ लाख करोड नोस्कान भएको बताएका छन् । उनका अनुसार यसकै कारण सय भन्दा बढीको ज्यान गएको र १५ करोड मजदुरको काम खोसिएको छ ।
आतंकबाद झनै मजबुत
उनले नक्सल र आतंकबादलाई नियन्त्रणमा लिने भनिए पनि नोटबन्दी पटि यसका समर्थक झनै बलियो बन्दै गएका छन् । २०१६ को तुलनामा १७ र १८ मा झनै बढि आतंकवादी हमलाहरु भएको तथ्यांक छ । २०१६ मा १५५ आतंकवादी हमला भएकोमा २०१७ मा त्यो संख्या १८४ छ । जम्मु कास्मिरमा २०१६ मा ३२२ हमला भएको मा २०१७ मा ३४२ हमला भए ।
नोट छाप्दा खर्चै खर्च
नोटमा प्रतिबन्ध लगाउँदा रिजर्व बैंकलाई हजार करोड बराबरको क्षति भएको छ । नयाँ नोट छाप्दा रिजर्व बैंकले ७ हजार ९ सय ६५ करोड रुपैया खर्च गरेको छ । अझै १७ हजार ४ सय २६ करोड त ब्याज नै भुक्तानी गर्नुपरेको छ । त्यो सँगै नयाँ नोटको प्रबिधिमा उत्तिकै खर्च देखिएको छ ।
एउटा फाइदा
नोट माथिको प्रतिबन्धले भारत भर १८ लाख कर तिर्नेहरु भने बढेको तथ्यांक छ ।












