मालपोतका कर्मचारीको मनपरी काम , कानुन मिच्दै–जग्गा पास

प्रकाशित मिति:

प्रकाश न्यौपाने
नवलपरासी, भदौ । प्रायः धेरैलाई थाहा छ नेपाल सरकार भुमी सुधार मन्त्रालय अन्तरगत हरेक जिल्लामा रहेका मालपोत कार्यलयले के काम गर्दछ भनेर । अझै प्रष्ट रुपमा भन्दा, के तपाईले जग्गा किन्नु भएको छ या विक्री गर्नु भएको छ ? तथा कुनै पनि जग्गाको कारोवार गर्नु छ ? यदि छ भने तपाईलाई राम्रोसंग थाहा छ होला ? जग्गाको कारोवार गर्नु अघि के–के कानुनी प्रक्रियाहरु अवलम्बन गर्नु पर्छ भनेर । अझै भन्नु सामान्य सर्वसाधारणलाई समेत थाहा हुने कानुनी प्रक्रिया पनि नवलपरासीको परासीमा रहेको मालपोत कार्यलयलाई थाहा छैन जस्तो छ ? जसले कानुनी प्रक्रिया पुरा गरेर कारोवार गर्नु पर्ने हो, उसैले नै कानुनको उल्लंघन गर्दै काम गरेको छ । यसको केही प्रतिनिधिमुलक घटना हुन । सरावल १ बासाबसही र सुनवल १३ घ्यू डल्लाको घटना ।
कराडांै रुपैया चलखेल गर्न मालपोत कार्यालयकै कर्मचारीको मिलोमतोमा सरावल १ बासाबसहीको करिब २ विगाहा जग्गा किर्ते गरि एक भुमाफियाको नाममा नामसारी गरेको घटना नसेलाउदै, फेरि नियम मिचेर अर्काे गलत कार्य घटना बाहिर आईपुगेको छ । पटक पटक आर्थिक चलखेलको चक्करमा पर्ने मालपोतका कर्मचारीहरुको गलत कार्यले मालपोत कार्यालय बदनाम समेत भएको छ । यसरी कहिले जग्गाको किर्ते त कहीले कानुनी प्रक्रिया नै मिचेर जग्गा नाम सारी गरेको घटनाले आम सर्वसाधारणलाई सोच्न बाध्य छन ।

सुनवल नगरपालिकाका वार्ड नम्बर १३ घ्यू ुडल्ला बस्ने ज्ञान प्रसाद पाण्डेयको नाममा रहेको कित्ता नम्बर २३७ को १ कठ्ठा १२ धुर जग्गा आवश्यक कागजात विना नै नामसारी गरेको खुल्लेको छ । कुनै पनि जग्गा नामसारीको लागी घरगोठ–बाटो सिफारिस पत्र, तिरो तिरेको रसिद र नाता प्रमाणित आवस्यक पर्दछ । तर यी कुनै पनि कागजात विना नै जग्गाको नामसारी गरीएको छ । मालपोतका कर्मचारीहरुले आर्थिक प्रलोभनमा परि नामसारी गरेको यही ११ गते सोमबार सुनवल नगरपालिका वडा १३ को वार्ड कार्यलमा आयोजित पत्रकार सम्मेलनमा वडा अध्यक्ष कृष्ण प्रसाद देवकोटाले बताए । सुनवल नगरको प्रवक्ता समेत रहेको वार्ड अध्यक्ष देवकोटाले भने –“ज्ञान प्रसाद पाण्डेयले आफनो नाममा रहेको १ कठठा १२ धुर जग्गा आफनो बुहारी सुमित्रा पाण्डेय र नाती गुणाखर पाण्डेयको नाममा बकस पत्र माफर्त नामसारी गराउन खोजेपछि मालपोतका मालपोत अधिकृत कृष्ण गौतम, खरिदार धर्मराम पन्थी र लेखनदास बाबुराम अर्यालले आवश्यक कागजात बिना नै कानुन मिचेर जग्गा नामसारी गरेका हुन ।” कानुन प्रक्रिया नै पुरा नगरी कार्य गर्ने मालपोत अधिकृत कृष्ण गौतम, खरिदार धर्मराज पन्थी र लेखनदास बाबुराम अर्याललाई कानुनी दायरामा ल्याउनु पर्ने देवकोटाले बताए ।

कर्मचारीहरुले कानुन मिचेर काम गरेको मालपोत कार्यलयका प्रमुख शिवध्वज अधिकारी स्वीर्कादै भन्छन् –‘कर्मचारीबाट आवस्यक कानुनी प्रक्रिया पुरा नगरी काम भएकोमा उनीहरुलाई कारवाही हुने र भविष्यमा यस्ता किसिमका कुनै पनि काम नर्गन निर्देशन दिएको छु ।