कागतिहारको अवसरमा बुटवलमा गरियो काग सम्मेलन

प्रकाशित मिति:

बुटवल-काग तिहारको अवसरमा बुटवलमा शनिबार काग सम्मेलन गरिएको छ । समतल मिडिया प्रालीको आयोजनामा वुटवलमा पहिलो पटक काग सम्मेलनको आयोजना गरिएको हो । बुटवल वहुमुखी क्याम्पसको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो ।कागको आह्वान कर्ता राजेश पोख्रेलले कागको जस्तै आवाज निकाले पछि कागहरु जम्मा भएका थिए । काग सम्मेलन हुने भएपछि वुटवलका स्थानीयको कार्यक्रममा सहभागिता जनाएका थिए ।सम्मेलनमा सयौं कागहरु रुखमा जम्मा भएका थिए । कागले आपतकालिन अवस्थामा निकाल्ने आवाज निकालेर कागको जम्मा गरेको पोखरेलले बताए । पोखरले भने मैले १०० भन्दा बढि क्यारिकेचर गर्न सक्छु कागको आवाज निकाल्ने अभ्यास गर्दै गए र उनिहरुको भाव बुझ्दै गएको बताए ।

कागले आपतकालिन अवस्थामा निकाल्ने आवाज निकाल्छु र कागहरु एक ठाउँमा जम्मा हुने गरेको उनले बताए । अभ्यासबाट नै आफुले आवाज निकाल्न सकेको बताए । लामो आवाज निकाले पछि कागको आपकालीको संकेत हो उनले भने कागहरु एक ठाउँमा जम्मा हुन्छन । ५ वर्षको अभ्यास पछि आफुले कागलाई आकृषित गर्न सक्ने क्षमता आफुमा सिर्जना भएको उनको अनुव रहेको छ ।काग तिहारको अवसरमा कागलाई सम्मेलन गरेर मिठो खानेकुरा दिनको लागि काग सम्मेलनको आयोजना गरिएको समतल मिडिया प्रालीका अध्यक्ष सन्तकुमार श्रेष्ठले बताए । पछिल्लो समयमा कागको संख्या लोप हुन लागेको र यसको संरक्षणको लागि कार्यक्रमको आवश्यकता रहेको उनको भनाई छ । (भिडियो सहित )