रुपन्देहीको कन्चन गाउँपालिकामा सरसफाइ कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

रुपन्देही-रुपन्देहीको कन्चन गाउँपालिकामा आज सरसफाइ कार्यक्रम गरिएको छ । सरसफाइ जुटेर गरौं कन्चनलाई स्वच्छ हराभरा र सुन्दर बनाउ भन्ने उद्देश्यका साथ कन्चन गाउँपालिकाको आयोजनामा कन्चनका हरेक टोलमा सरसफाइ कार्यक्रम शुरु गरिएको हो ।
कन्चन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले कन्चन गाउँपालिका वडा न ५ गरगरे चोकबाट सफा गर्दै शुरु भएको घोषणा गर्नु भएको थियोे ।

सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष क्षेत्रीले कन्चनलाई सुन्दर बनाउन हरेक ब्यक्तिले आफ्नो घर आगन वरपर सबै मिलेर सरसफाई गर्नुपर्ने बताउनु भएको थियोे । यस्तै उहाँले सफा गर्ने अरुलाई नभई आफ्नै लागि भएकाले साप्ताहिक रुपमा टोलबासिले सरसफाइ कार्यक्रमलाई निरन्तरता दिनको लागी आग्रह गर्दै निरन्तर सरसफाई गर्ने आमासमुहलाई गाँउपालिकाले सम्मान गर्ने पनि बताउनुभएको छ ।यस्तै उहाँले सरसफाइ कार्यक्रम साप्ताहिक रूपमा गरिने र त्यसै अनुसार टोलसमितिलाई जिम्मेवारी बहन गर्न निर्देशन दिइएको जानकारी गराउनु भएको थियोे । सरसफाइ कार्यक्रममा जनप्रतिनिधि, विभिन्न संघ संस्था, आमासमुह,क्लब , प्रहरी, समाजसेवी , टोलबासी,बालबालिका लगायतको उपस्तिथिती रहेको थियोे भने कार्यक्रमको सञ्चालन स्वास्थ शाखा संयोजक राम प्रसाद गौतमले गर्नु भएको थियोे ।