थारु काल्याणकारीणी सभा रुपन्देहीको ९ औं जिल्ला अधिवेशन सम्पन्न, ११ सदस्यिय नयाँ कार्य समिति चयन
थारु काल्याणकारीणी सभा रुपन्दैहीको ९ औं जिल्ला अधिवेशन सम्पन्न भएको छ । अधिवेशन सैनामैना २मा रहेको थारुहोम स्टेमा सम्पन्न भएको हो । सम्पन्न अधिवेशनले सतिश कुमार चौधरीको सभपतित्वमा ११ सदस्यिय नया कार्य समिति चयन गरेको छ । सदस्यमा चन्द्रभान चौधरी, बुद्धिराम चौधरी, करम चन्द चौधरी सरिता चौधरी, केशव प्रसाद चौधरी, सत्यनारायण चौधरी लक्ष्मी चौधरी राम प्यारे चौधरी, प्रेम कुमारी थारु, प्रकाश सिंह चौधरी रहनु भएको छ । हाल सभाति तथा सदस्य चयन गरिएको भएत पनि निर्वाचित सदस्याहरुको पहिलो बैठकबाटै यसै कार्य समिति सदस्यहरु भित्रैबाट उपासभापति, सचिव, कोषध्यक्ष, लगाएत सदस्यहरु मनोनित गरि समितिहरुको पद बांडफाड गरिने बताइएको छ ।
अधिवेशनले ५ सदस्यि महाधिवेशन प्रतिनिधि पनि चयन गरेको छ । जसमा सदस्यहरु देवि प्रसाद चौधरी, रामबली चौधरी नरसिंह चौधरी खुसिराम चौधरी पुनम चौधरी रहनु भएको छ । अधिवेशन १७ र १८ गते २ दिन सम्म चलेको थियो ।










