लुम्बिनी निर्माण व्यवसायी संघद्वारा आन्दोलनको चेतावनी,प्रधानमन्त्रीलाई ज्ञापनपत्र
भैरहवा /लुम्बिनी निर्माण व्यवसायी संघ जिल्ला कार्य समिति रुपन्देहीले नेपाल सरकारबाट राजपत्रमा तेस्रो पटक प्रकाशित सार्वजनिक खरिद आठौँ संशोधन नियमावली २०७६ को त्रुटीपूर्ण भएको भन्दै आन्दोलन गर्ने चेतावनी सहित आज जिल्ला प्रशासन कार्यालय रुपन्देही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । संघका महासचिव विनय ज्ञवालीद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा नियमावली २०७६ मा समेत म्याद थप र बैंक क्रेडिट लाइनमा साह्रै नकरात्मक असर हुने प्रकारका प्रावधान राखिएको र यस महासंघ, प्रदेश संघ तथा जिल्ला संघहरुले पटक पटक उठाएको निर्माण उद्योग प्रवद्र्धन गर्ने मागहरुमा कुनै सम्बोधन नगरिएकोमा यस महासंघको कात्तिक २२ गते बसेको कार्यसमितिको बैठकबाट स्थगित भएको आन्दोलन पुनः सुरु गर्ने निर्णय भएको छ ।
मुलुकभरका १५ हजार ५ सय भन्दा बढी निर्माण व्यवसायीहरुको रायसुझावलाई बेवास्ता गर्दै जारी गरेको नियमावलीका केही बुँदाले स्वदेशी निर्माण व्यवसायीहरुलाई पेशा बाटै विस्तापित गर्ने र विदेशी व्यवसायीलाई प्राथमिकता दिने भएको कुरा ज्ञापन पत्रमा उल्लेख छ ।व्यवसायीका मागहरुलाई बेवास्ता गर्दै बनाएको नियमावली नसच्याएमा आन्दोलन गर्ने चेतावनी विज्ञप्तिमा उल्लेख छ ।










