भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी वडा नम्बर ६ को १० औं साधारणसभा विहिबार शिवपुरगढीमा सम्पन्न,भुपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड विनयी त्रिवेणी वडा नम्बर ६ को १० औं साधारणसभा विहिबार शिवपुरगढीमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष मोहन सिंह थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सो अवससरमा प्रमुख अतिथि समेत रहनुभएका विनयी त्रिवेणी गाउपालिका वडा नम्बर ६ का वडाध्यक्ष प्रितम बहादुर गुरुगंले सहकारीका सिद्धान्त अनुसार चलेका सहकारी संस्थाहरुको नतिजा राम्रो हुने बताउदै सहकारीमा वित्तिय अनुशासन महत्वपुर्ण पक्ष रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा सहकारी व्यवस्थापक सिंह बहादुर थापाले कुल २ करोड ८० लाखको वचेट प्रस्तुत गर्दै आर्थिक वर्ष ०७५,०७६ मा १० लाख २४ हजार शुद्ध नाफा भएको जानकारी गराउनुभएको थियो भने लेखा संयोजक कन्हैया लाल कुर्मिले लेखा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आस्था महिला बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष सम्झना सुवेदी, शेयर सदस्य जिवलाल कुवर, लगाएतले संस्थाको गतिविधि माथि प्रकास पार्नु भएको थियो । संस्थाका उपाध्यक्ष रन बहादुर थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको संचालन संस्थाका प्रबन्धक सिंह बहादुर थापाले गर्नु भएको थियो ।










