बि पि जयन्तिको अबसरमा नेपाली काङ्ग्रेस स्याङ्जाको निर्देशन अनुसार स्वर्गीय माहामानब बिसेस्वर प्रसाद कोइरालको साहित्य बिचार एबम वहाको सपनाहरुमाथि प्रकाश पार्दै र नेपाली काङ्ग्रेस जिल्ला सभापती माननीय सभासद स्वर्गीय कमल प्रसाद पङ्गेनिको शोक एबम श्रद्धाञ्जली साबिक चन्डिभन्ज्याङमा सम्पन्न भएको छ । गाउँकमिटी उपसभापती शोभाखर गौडेलको सभापतित्व एबम प्रदेश साम्सद भागबत प्रकाशमल्लको प्रमुख आतित्यथामा , क्षेत्रीय ने का सचिब महेश भट्टराई, भुपु सैनिक चन्द्र रखाली, ने का क्षेत्रीय सदस्य छबिलाल गाहा र नेपाल तरुण दल कालिगण्डकी अध्यक्ष यादब प्रसाद पाण्डेय लगायत स्थानिय कृयासिल सदस्यहरुको उपस्थितिमा सम्पन्न भएकोृ छ । कार्यक्रमको सन्चालन नेपाल तरुणदल क्षेत्रीय उप सभापती मोतिलाल घर्तिमगर ले गर्नुभएको थियो।
त्यस्तै कालिगण्डकी गाउँपालिका वडा नं २ लसर्घामा नेपाली काङ्ग्रेस वडा नं २ अध्यक्ष समसेर सिंह रानाको अध्यक्षता,नेपाली काङ्ग्रेस क्षेत्रीय सचिब महेश भट्टराईको प्रमुख आतिथ्यतामा एबम भुपु सैनिक संघ अध्यक्ष गल्याङ नगरपालिका चन्द्र रखाली ,नेपाल तरुणदल कालिगन्डकी अध्यक्ष यादब पान्डेय वडा अध्यक्ष नरबहादुर राना, निर्बाचित जनप्रतिनिधिका साथै नेपाली काङ्ग्रेस कृयासिल सदस्यको उपस्थितिमा बि पि बिचार आदान प्रदान र स्वर्गीय कमल प्रसाद पङ्गेनिको शोक श्रद्धाञ्जली सम्पन्न भयो।












