सूर्यपुरामा दानव नदीको छेउमा एक युवतीको अर्धनग्न शव फेला

प्रकाशित मिति:

रुपन्देहीको सूर्यपुरामा दानव नदीको छेउमा एक युवतीको अर्धनग्न शव फेला परेको छ । शुद्धोधन गाँउपालिका वडा नं ७ बोहरवामा सोमबार बिहान पाँच बजेतिर स्थानियले शौचालय जाँदा शव देखेका थिए । दानब नदीको किनारामा पानीमा आधा डुबेको अवस्थामा शव भेटिएको हो । अन्दाजी २२ वर्षिय युवतीको शवमा ब्रा मात्रै रहेको प्रहरीले जनाएको छ । स्थानीयले खबर गरेपछि ईलाका प्रहरी कार्यालय छपिया र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो । महिलाको पाठेघर खुलेको छ । घाँटीमा नीलडाम छ । प्रहरी टोलीले शव नजीकैबाट दुईजोर चप्पल र चुण्डी फेला पारेको छ ।
युवतीको बलत्कार गरी हत्या गरेर शब फालेकोे स्थानीयको दावी छ । प्रहरीले भने महिलाको के कारणले हत्या भएको हो भन्नेबारे अनुसन्धान भैरहेको जनाएको छ । रुपन्देही प्रहरी उपरिक्षक हृदय थापाले घटनास्थलको अध्ययन भैरहेकोले कारण चाँडै पत्ता लाग्ने बताउनुभयो । शव पोष्टमार्टमका लागि भैरहवाको भीम अस्पताल राखिएको छ । मृतक युवतीको पहिचान नखुलेकोले प्रहरी अहिले खोजीमा लागेको छ ।
बलत्कारपछि हत्या गरि दानवनदीमा शव फयाकिएको दावीे गैडहवा गाँउपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबेलाश यादवले गरेका छन् । उनले घटना दानवता पूर्ण तथा अमानवीय ढंगबाट गरिएको हुदा जसरी भएपनि दोषी पत्ता लगाई कडा भन्दा कडा सजाय दिलाउनु पर्ने माग गरे ।