श्रीकृष्ण सिग्देल \ स्याङ्जा— नेपाल तरुणदल रोल्पाका नगर अध्यक्ष रोहित पुनको गोली हानी हत्या गरेको विरोधमा स्याङ्जा तरुणदलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । जिल्ला सदरमुकाममा विरोध सभा गरी तरुणदल स्याङ्जाले प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलालाई ज्ञापन पत्र बुझाएको हो । तरुणदल स्याङ्जाका अध्यक्ष तथा गण्डकी प्रदेश सांसद भागवतप्रकाश मल्लले अधिनायकवादी कम्युनिष्ट सरकारको पहिलो निसानामा तरुणदल रहेको भन्दै घोरभत्र्सना गरेका छन् । पटक पटक अधिनायकवादी सरकारले तरुणदल माथी हुने गरेको आक्रमण प्रति गम्भिर नभएको आरोप लगाउदै यस्ता घट्नाहरु दोहोरीएमा नेपाल तरुणदल चुप लागेर नबस्ने चेतावनी दिए ।
कम्युनिष्ट सरकारको आडमा कम्युनिष्ट कार्यकर्ताले तरुण नेतामाथी गोली हान्ने अधिकार काहाँबाट आयो अध्यक्ष मल्लले भने,“देशभरीका तरुणदल आन्दोलित हुने अवस्था सिर्जना नहोस ।” गोली हान्ने कम्युनिष्ट कार्यकर्तालाई तुरुन्त पक्राउ गरी कडा भन्दा कडा कारवाहि होस अध्यक्ष मल्लले माग गरे । अधिनायकवाद लादेर तरुणदल ठिक पार्छु भन्ने सपना नदेख्न पनि अध्यक्ष मल्लले सरकारलाई चेतावनी दिए । नेपाली काँग्रेसका जिल्ला सचिव बुद्धिबहादुर रानाले काँग्रेस कार्यकर्ताले असुरक्षित महशुष गरेको धन्दै प्रजिअको धयानाकर्षण गराए । कम्युनिष्ट सरकार भएका बेला आफ्नै कार्यकतालाई लगाएर काँग्रेस माथी आक्रमण र हत्याका गर्ने क्रियाकलापले काँग्रेस कार्यकर्ताले सरकार नभएको अनुभुति भएको रानाले बताए । विरोध सभामा क्षेत्रीय अध्यक्ष कुमबहादुर गुरुङ्, महेश भट्टराई, सहसचिव रविन केसी लगायतले सरकारले नेपाली जनतालाई सुरक्षा दिन नसकेको आरोप लगाए । ज्ञापनपत्र बुझदै प्रजिअ निरौलाले सरकार सुरक्षा दिन कटिवद्ध भएको बताए । तरुण नेता पुनलाई भदौ २४ गते गोली हानी हत्या गरिएको थियो ।












