बुटवलमा रहेको सबैभन्दा पूरानो पद्म चैत विहार अन्तरगत गठन भएको बौद्व महिला संघले रजत महोत्सव मनाउन शुरू गरेको छ । संघले मंगलबार पत्रकार सम्मेलन गरि विभिन्न कार्यक्रम गरि रजत महोत्सव मनाउन थालेको बताएको हो । आगामि भदौ ३१ गते र्या्लि सहित मूल समारोह गरिने संघका अध्यक्ष मायादेवि शाक्यले बताईन । मूल समारोहलाई प्रदेश ५ का मुख्यमन्त्रि शकंर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको आयोजकले बताएका छन । रजतजयन्तीका अवसरमा आगामि भदौ २८ गते गते बौद्व धर्मको उत्थानमा महिलाहरूको भूमिका बिषयक महिला गोष्ठि गरिने छ । यस्तै २९ गते सुस्त मनस्थितिका विद्यार्थीलाई शैक्षिक सामाग्रि वितरण र भदौ ३० गते विपश्यना ध्यान विहार आयोजना गरिएको सहसचिव निरूलक्ष्मि ब्रज्राचार्यले बताइन । पत्रकार सम्मेलनमा पद्मचैत्य विहार वुटवलका अध्यक्ष सुरेशरत्न ब्रज्राचार्यले विहारको ईतिहास जोगाउदै बौद्व धर्मको संरक्षणमा जुटेको बताए । संघका संरक्षक जीवन प्रसाद ओझाले बुद्व धर्मको संरक्षण र लुम्बिनिसंग जोडन सकियोस भनेर महोत्सव मनाईएको बताए। पत्रकार सम्मेलनमा विहारका गुरूमा शान्तिदेवि, संघका सचिव एंव प्रचारप्रसार संयोजक उत्तम उदासले बोल्दै बुद्वको सन्देश सबे माझ पुर्याउन आग्रह गरे । बुटवल १ मा रहेको विहारमा मात्रै ३ हजार जना आबद्व छन ।










