कञ्चन/कञ्चन“समृद्ध कञ्चनको आधार धार्मिक पर्यटन र संस्कृतिको संरक्षण”भन्ने नारा सहित कञ्चन गाउपालिकाको कञ्चन नदी स्थित भैरमघाटमा
ऐतिहासिक बालाचर्तुदर्शी भैरमघाट मेला तथा कञ्चन गाउपालिका अन्तर्गत वडास्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता—२०७६ आज देखि शुरु भएको छ ।पितृहरुको नाममा शत बिज छर्ने तथा तोरण तार्ने मेलाको रुपमा बि।सं। २०४४ साल देखि देखि निरन्तर बालाचतुर्दशी भैरमघाट मेलामा यस बर्ष कञ्चन गाउपालिकाले लिएको लक्ष “समृद्ध कञ्चन,खुशी कञ्चनवासी”को नारालाई सार्थक बनाउन लुम्बिनी भ्रमण बर्ष २०१९ समेत सहयोग पु¥याउने उद्धेश्यले मेला संचालन गरिएको हो । समृद्ध कञ्चनको आधार धार्मिक पर्यटन र संस्कृतिको संरक्षणले मात्र कञ्चनलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्न सकिने भएकोले कञ्चन भित्र रहेका पर्यटकिय क्षेत्रहरुको पहिचान गरी प्रचार प्रसार गर्ने गरी संचाललन गरिएको भलिवल प्रतियोगिताको उद्धघाटन कञ्चन गाउपालिका वार्ड नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले गर्नु भएको हो ।
वडा नं। ४ का वडा अध्यक्ष दुर्गा सिंह क्षेत्रीले कञ्चनलाइ पनि धार्मिक पर्यटन संगै खेलकुदको हव बनाएर पर्यटनको बिकास गर्न सकिने बताउदै खेलकुद क्षेत्रबाट खेलाडीहरुले कञ्चनलाई देश तथा बिदेशमा परिचित गराउदै आएको स्मरण गराउनु भएको थियो । कञ्चनमा खेलकुद क्षेत्रलाई बिकास गर्न आगामी बर्षमा लगानी बढाइने संकेत गर्दै खेलकुदमा लाग्ने खेलाडीहरुले अनुशासित र मर्यादित भै कञ्चनलाई निरन्तर रुपमा परिचित गराइरहन आग्रह गर्नु भएको छ ।
कञ्चन आमा समूका अध्यक्ष बुद्धिकला थापाको अध्यक्षता शुरु भएको कार्यक्रममा कञ्चन गाउपालिकाका कार्यपालिका सदस्य गिता थापा,मेला ब्यबस्थापन समितिका संयोजक ठाकुर सुनार लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । खेल उद्धघाटनकै अवसरमा भलिवल खेलका राष्ट्रिय रेफ्रि राम बहादुर थापाले एक थान भलिवल आयोजकलाई उपलब्ध गराउनु भएको थियो ।४ दिन सम्म लाग्ने भैरमघाट मेलामा नेपालका पाल्पा,नवलपरासी,कपिलबस्तु तथा भारतको सिद्धार्थनगर , गोरखपुर समेतबाट पितृहरुको नाममा शतबिज छर्ने र तोरण तार्न समेत आउने भएकोले पनि यस मेलाको गरिमा अझै बढदै गैरहेको र हरेक बर्ष हिन्दु धर्मावलम्बी र गैरहिन्दु धर्मावलम्बीहरु समेत यस मेलामा शतबिज छर्न आउने भएकाले संख्यामा बृढि हुदै गईरहेको छ र यस बर्ष पनि मंसिर ९ गते बालाचतुदर्शीका दिन करिब ३० हजार भक्तजनहरु आउने अनुमान गरिएको छ। मंसिर ८ र ९ गते सम्झना भण्डारी,बिधान कार्की,बिरेन्द्र कार्की,श्रीनिवास चौधरी लगायत राष्ट्रिय तथा स्थानिय कलाकारहरुको समेत प्रस्तुती रहने आयोजकले बताएको छ ।










