ग्लोरियसमा विद्यार्थीलाई स्वागत

प्रकाशित मिति:

स्वस्तिक श्रेष्ठ/बुटवल ग्लोरियस कलेज तथा माविमा कक्षा ११ का नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरिएको छ । कक्षा १२ का विद्यार्थी चन्द्रदेव गुप्ताले अध्ययनसंगै ब्यवहारिक जिवनमा सफलता मिल्ने गरि सिकाई जरूरी हुने बताए । बुटवल उपमहानगरपालिकाका न्यायिक समिति सदस्य तथा वडा नं ९ का वडा सदस्य शिव अधिकारीले कार्यक्रमको उद्घाटन गर्दै विद्यालयमा अध्ययनसंगै संस्कार विकास जरुरी रहेको बताए । राष्ट्रिय परिक्षा बोर्ड बुटवलका शाखा अधिकृत बाबुराम भण्डारीले भौतिक पुर्वाधारसंगै सिकाई उपलब्धिलाई अभिभावकबाट मुल्याकन गर्नुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड शिव पराजुली, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र पाण्डे, संस्थापकहरु तिल बहादुर थापा, अर्जुन प्रसाद सापकोटा, थम बहादुर पुन, पवन पोखरेलले शुभकामना दिएका थिए । विद्यालयका प्राचार्य पुष्प कुमार घिमिरेले विद्यालयका नया र पुराना विद्यार्थीहरुलाई घुलमिल गराउने संस्कृतिका रुपमा कार्यक्रम विकास भएको बताए । विद्यालयबाट निस्केका विद्यार्थीहरु समाजमा धेरै महत्वपुर्ण क्षेत्रहरुमा सेवारत रहेको उनले बताए ।