सीमा अतिक्रमणका बिरुद्ध छैठौँको बिरोध सभा

प्रकाशित मिति:

बुटवल/ राष्ट्रियता संकटमा परेको भन्दै एक पटक राष्ट्रवादी आन्दोलनमा सरिक हुन विद्यार्थी नेताहरुले आह्वन गरेका छन् ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन (छैठौं) जिल्ला समिति रुपन्देहीले सीमा अतिक्रमणको विरोधमा बुटवलमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै विद्याथी नेताहरुले राष्ट्रियता गंभिर अवस्थामा रहेको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । शनिवार बुटवलको पुष्पलाल पार्कमा आयोजित विरोध समामा बोल्दै विद्यार्थी नेताहरुले भारतीय साम्राज्यवादी शैलीको विरोध गरे । सीमा मिच्ने भारतीय रवावमा सरकार नतमस्तक हुनु दुखद् हो,’ नेतहरुले भने–‘विद्यार्थीको आन्दोलनले नै सवै चिजको छिनोफानो गर्नेछ ।’

बिरोध सभालाई सम्बोधन गर्दै अखिल (छैठौं) का केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला अध्यक्ष सरोजमान सिंहले सिक्कीमीकरणको खतरा रहेको बताए । ‘भारतले नेपाललाई पनि सक्किम जस्तै गरी लाने सडेन्त्रका साथ काम गरिरहेको छ । त्यसका लागि सचेत विद्याथीहरु चुप लागेर बस्ने अवस्था छैन् ।’–उनले भने ।विरोध सभालाई सम्वोधन गर्दै अखिल (छैठौं) रुपन्देहीका सचिब सागर बेलवासेले देशमा अव नयाँ प्रकारको राष्ट्रवादी आन्दोलन अवस्यक रहेको बताए । ‘देशको सीमा रक्षाका लागि अव नयाँ किसिमले आन्दोलन देशले खोजेको छ । त्यसको लागि विद्यार्थीहरु सडकमा आउनु पर्छ ।’–उनले भने ।विरोध सभामा बोल्दै अखिल (छैठौं) रुपन्देहीका नेता टेकराज भुसालले भारतीय हेपाहा प्रवृतिको विरोधमा एक जुट हुर्ने बताए । उनले सरकारले समयमा कुटनीतिक रुपमा समस्याको समाधन नगरेमा आन्दोन चर्काउने चेतावनी दिए ।